Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

दीपक मनाङे पक्राउ

दीपक मनाङे पक्राउ

  • सन्देश सम्वाददाता
  • मंगलबार, कार्तिक २७ २०८१


दीपक मनाङे पक्राउ

काठमाडौं । गण्डकी प्रदेशसभा सदस्य दीपक मनाङे पक्राउ परेका छन् । उनलाई मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरिएको सिआइबीका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । प्रहरीले आजै उनलाई अदालतमा पेस गर्ने तयारी गरेको छ । यही कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट भएको उनको पाँच वर्ष कैद सजायको फैसला सदर गरेको थियो ।

उनलाई ०६० सालमा अर्का गुन्डा नाइके मिलन गुरुङ (चक्रे) हात छिनालेको अभियोगमा दोषी ठहर गरिएको थियो । मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरिएको हो । ०६९ सालमा उच्च अदालत पाटनले उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो । अदालतमा पेसपछि उनी कैद भुक्तानका निम्ति कारागार चलान हुनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार