Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

पशुपति र लुम्बिनीमा जस्तै माङसेबुङमा क्षेत्र विकास कोष बनाउने इच्छा : कांग्रेस नेता कोइराला

पशुपति र लुम्बिनीमा जस्तै माङसेबुङमा क्षेत्र विकास कोष बनाउने इच्छा : कांग्रेस नेता कोइराला

  • सन्देश सम्वाददाता
  • आइतबार, कार्तिक २५ २०८१


पशुपति र लुम्बिनीमा जस्तै माङसेबुङमा क्षेत्र विकास कोष बनाउने इच्छा : कांग्रेस नेता कोइराला

इलाम ।नेपाली कांग्रेसका नेता शेखर कोइरालाले माङसेबुङमा क्षेत्र विकास कोष निर्माण गर्ने इच्छा रहेको बताए । इलामको सन्दकपुर गाउँपालिका–४ माबु हाङमादेनमा महागुरु फाल्गुनन्दको १४० औ जन्मजयन्तीको अवसरमा पूर्ण कदको शालिक अनावरण एवम किरात फाआप मिङ्सो माङ्हिम उद्धघाटन कार्यक्रममा बोल्दै कोइरालाले क्षेत्र विकास कोष निर्माण गर्नुपर्ने बताए ।

‘माङसेबुङलाई मेरो इच्छा पशुपति विकास कोष र लुम्बिनी क्षेत्र विकास कोषका कुरा छन् त्यसलाई पुरा गर्ने इच्छा छ ।’ उनले अन्तराष्ट्रिय समुदाय बिच बनाएको पहिचानले नेपाली संस्कृतिलाई उचाईमा पु¥्याएको स्वणीम इतिहास रहेको उल्लेख गर्दै सबै सबै जाति धर्मको संगम स्थल रहेको बताए ।

कोइरालाले नेपालीहरु विविधता, पहिचान संस्कृतिको अनुपालन गर्दै आएको बताए । उनले सामुहिक भावबाट उत्पन्न एकताबाट शक्ति निर्माण सामुहिक भावनाले राष्ट्रियता निर्माण भएको बताए । उनले लोकतान्त्रिक व्यवस्थामा जातजातीलाई जगर्ने र विकासको अधिकारमा राज्यको दायित्व नकार्न नसकिने बताए । नेपालको संविधानले समान हकको सुनिश्चित गरेको उल्लेख गर्दै मुलुकको ढाँचा फेरिर्दैमा मुलुकमा रहेका कैयौन मान्यताहरु परिवर्तन नआएको बताए ।

उनले प्रशस्त रहेको अन्तर विरोधलाई स्विकार्न आफुलाई संकोच नभएको बताए । हाङमादेन १६ औ राष्ट्रिय विभुती फाल्गुनन्दको पूर्णकदको सालिक र माङहिम बनाइएको छ । एक करोड लगानीमा सम्पन्न माङहिम २०७३ माघ ३० मा शिलान्यास गरिएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार