इलाम । इलाम सदरमुकाममा आगामी वैशाख ६ गतेदेखि शुरु हुन गईरहेको चौथो संस्करणको अन्तराष्ट्रिय आमन्त्रण टुर्वोग माईभ्याली गोल्डकप फुटबल प्रतियोगिताको लागि आयोजक माईभ्याली फुटबल क्लबले २० जना खेलाडीहरु छनौट गरेको छ ।
इलामबाट विभिन्न समयमा देश विदेशको प्रतियोगितामा सहभागिता जनाईसकेका खेलाडी सुवास राईको कप्तानीमा २० जना खेलाडी छनौट गरिएको क्लबले जनाएको छ । छनौट भएका खेलाडीहरुमा टिम कप्तान राई सहित छिरिङ गुरुङ, मनिष थापा, पासाङ शेर्पा, बुद्धिमान राई, विदुर रिजाल, निरोज, गणेश, निरज बस्नेत, निशान राई, सोजित गुरुङ, दर्शन गुरुङ, मिलन लिम्बु, चाङ मुखिया, अविनास लिम्बु, टंक थामी, विकेश लिम्बु, हरि सिटौला, रुपेन गुरुङ र अनिस थापा रहेका छन् ।
यस्तै आयोजक टिमको टिम कोचमा याम राई र टिम मेनेजरमा सेवक देवान रहेका छन् । हाल उक्त टिमका खेलाडीहरु बन्द प्रशिक्षणमा रहेको कोच याम राईले जानकारी दिएका छन् ।