Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

दोश्रो सुर्योदय सडक महोत्सव चैत्र २९ बाट

दोश्रो सुर्योदय सडक महोत्सव चैत्र २९ बाट

  • सन्देश सम्वाददाता
  • शनिबार, चैत्र २४ २०७४


दोश्रो सुर्योदय सडक महोत्सव चैत्र २९ बाट

फिक्कल। पुर्वी इलामको पर्यटन प्रर्वद्धनका लागी फिक्कलमा दोश्रो सुर्योदय सडक महोत्सव हुने भएको छ । सुर्योदय होटल व्यवसायी संघ र सुर्योदय नगरपालिकाको आयोजनामा यहि चैत्र २९ गतेबाट बैशाख २ गतेसम्म महोत्सव संचालन हुने भएको हो ।
महोत्सवमा करिव ५० वटा खानाका परिकार, विद्युतिय सामाग्री, शैक्षिक संस्था, यातायात, कृषि उपज, साना तथा घरेलु उद्योगका उत्पादन लगायतका १ सय वटा स्टल रहने आयोजक समितीका सचिव युवराज प्रधानले जानकारी दिए ।

महोत्सवमा राष्ट्रिय स्तरका कलाकारहरु नविन किशोर भट्टराई तथा व्यान्ड, इन्दिरा जोशी, आउटसाइर्डस व्यान्ड, धरान फिमेल ब्यान्ड, म्युजिक मेलोडी मिरिक लगायत जातीय, सांस्कृतिक झाँकी र मनोरञ्जनात्मक कार्यक्रम समेत राखिएको छ ।

पुर्वी इलाममा रहेका धार्मिक तथा सांस्कृतिक स्थलहरुको प्रसारप्रचार गर्ने र स्थानिय उद्योगहरुको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित महोत्सवमा १ लाख ५० हजार बढि पर्यटकहरुलाई अवलोकन गराउने आयोजकको लक्ष्य छ ।

सुुर्योदय नगरपालिका भित्र रहेका कन्याम, श्रीअन्तुु, सिमपानी, करफोक, लेप्चा गुम्बा, गोर्खे पशुपतीनगर लगायतका पर्यटकिय स्थलहरुको प्रर्वद्धन गरिनेछ । महोत्सब सम्पन्न गर्न करिब ३५ लाख रुपैया आवश्यक पर्ने आयोजक समितीका अध्यक्ष अविशेक श्रेष्ठले बताए । महोत्सवमा करिव २ करोड बराबरको कारोवार हुने आयोजक समितीको अनुमान छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार