Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गोलीको छर्रा बोकेकी पूर्व लडाकुको प्रदेश अर्थमन्त्रीको पहलमा उपचार

गोलीको छर्रा बोकेकी पूर्व लडाकुको प्रदेश अर्थमन्त्रीको पहलमा उपचार

  • सन्देश सम्बाददाता
  • शनिबार, चैत्र २४ २०७४


गोलीको छर्रा बोकेकी पूर्व लडाकुको प्रदेश अर्थमन्त्रीको पहलमा उपचार

इलाम । माओवादी शशस्त्र युद्धको क्रममा शरीरमा लागेको गोलि बोकेर हिंडेकी एक पूर्व छापामारको उपचार भएको छ । ओखलढुंगाको चिसङ्खुगढी गाउँपालिका–१, कुइभीरमा जन्मिएकी अनुपा राईले १५ बर्ष अघि लागेको गोलि प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बो मौसमको पहलमा उपचार गरिएको हो । झापास्थित बि एण्ड सि अस्पतालले मन्त्री आङ्बो अनुरोधमा पूर्व छापामारको नि : शुल्क उपचारका गरिदिएको हो ।
माओवादी केन्द्रका केन्द्रिय कार्यालय सदस्य समेत रहेका प्रदेश नम्बर १ का अर्थमन्त्री इन्द्र आङ्बो मौसमको अनुरोधमा अस्पतालले अनुपाको निःशुल्क उपचार गरिदिएको अर्थमन्त्रीका स्वकीय सचिव बिरेन्द्र बस्नेतले बताए । युद्धकालमै पाँचथर हिलिहाङ गाउँपालिका–७, सुभाङका तत्कालीन छापामार मन कुमार राई सँग पार्टीभित्रै बिवाह गरेकी अनुपा अहिले पाँचथर सुभाङमै बस्दै आएकी छिन् । उनका श्रीमान चार बर्ष यता मलेशियामा वोल्डिङको काम गर्छन् । अनुपालाई २४ बैशाख २०५९ मा भोजपुरको चैनपुर युद्धमा गोलि लागेको थियो । उनको टाउँको र देब्रे छातिको छर्रा निकालिएको बि एण्ड सि अस्पताल झापाले जनाएको छ ।
२०५७ सलामा ओखलढुंगाको कुइभीर माविमा नौ कक्षा पढ्दा पढ्दै युद्धमा होमिएकी थिइन् अनुपा । २०६३ सालमा छोरा जन्मेपछि पार्टीको शैन्य फाँट छोडेकी अनुपाले आफ्नो छापामार जीवनकलामा पाँच वटा युद्ध लडेकी थिइन् ।

१० मंसीर २०५८ मा सोलुखुम्बु, २२ माघ २०८५ मा काभ्रेको भकुण्डे आक्रमणमा अनुपाले बीरतापूर्वक लडिन् । २४ बैशाख २०५९ मा भोजपुरको चैनपुर आक्रमणमा गम्भिर घाइते भइन् । तर पनि युद्धबाट फर्किने मन बनाइनन् अनुपाले । घाइेते भएपछि पनि २२ भदौ २०५९ मा सिन्धुलीको भिमान र १० कार्तिक २०५९ मा ओखलढुंगाको रुम्जाटर आक्रमण उनले लडेको अन्तिम युद्ध हो ।
द्धन्द पीडितको विवरण संकलन गर्ने क्रममा नाम छुटेकाले अनुपालाई राज्य पक्षबाट कुनै किसिमको सहयोग पुगेको थिएन । अनुपाका १२ बर्षिय छोरा अहिले फिदिम स्थित नयाँ नमुना मावि कक्षा–७, पढ्दैछन् भने उनी सुभाङमै सासुआमा सँग बस्दै आएकी छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार