Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

गाईजोन संचालन समितिको संयोजकमा महत

गाईजोन संचालन समितिको संयोजकमा महत

  • सन्देश सम्वाददाता
  • शुक्रबार, कार्तिक ९ २०८१


गाईजोन संचालन समितिको संयोजकमा महत

फिक्कल । इलामको सूर्योदय नगरपालिकामा गाईजोन संचालन समितिको पुनर्गठन गरिएकोे छ । सूर्योेदय नगरपालिका–७ कन्यामकोे सभाहलमा सूर्योदय र रोङ गाउँपालिकाका किसान सम्मिलित कार्यक्रमबाट संयोजकमा दिनेश महत चयन भएका छन् ।

सदस्यहरुमा रोशन राई, डिल्लीराम खतिवडा, इन्द्र प्रसाद सापकोटा, टेक बहादुर राई, गीता प्रसाद अर्याल, तिर्थ कुमारी लाप्चा, कुमारी पौडेल र यमुना देवी दुलाल चयन भएका छन् । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना,परियोजना कार्यन्वयन इकाई इलामको आयोजनामा भएको कार्यक्रमको प्रमुख अतिथि रोङ्ग गाउँ पालिकाका अध्यक्ष मणि कुमार स्याङ्वो रहेका थिए ।

कार्यक्रममा सूर्योदय नगरपालिका–९ का वडाध्यक्ष देवेन्द्र शर्मा, परियोजनाको प्रमुख,प्रतिनिधिहरू,गाईजोन कार्यलय फिक्कलका प्रमुख तिर्थ खतिवडा लगायतका उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार