Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

विपत्तिले संकटमा सन्दकपुर (तस्बिरहरु)

विपत्तिले संकटमा सन्दकपुर (तस्बिरहरु)

  • सुजन तिमल्सिना
  • मंगलबार, कार्तिक ६ २०८१


विपत्तिले संकटमा सन्दकपुर (तस्बिरहरु)

इलाम (सन्दकपुर) । वर्षातपछिको बाढी पोहिरोले सडक, सिचाई, खानेपानीसँगै ५० परिवार विस्थापित भएको इलामको सन्दकपुर गाउँपालिका समस्यामा छ । अशोज ९ बाट एक सातासम्म लगातार परेको वर्षातपछिको बाढी पोहिरो पूर्वाधार क्षेत्रमा ठुलो धनजनको क्षति गरको हो ।
वषार्तपछिको बाढी पोहिरोले सन्दकपुर गाउँपालिका वडा नम्बर २ मा सबैभन्दा बढी क्षति पुगेको छ । सन्दकपुर २ माईमझुवा क्षेत्रका अधिकासं सडकहरु पोहिरोले क्षति पुगेका छन् ।
कतिपय सडकहरु पुनः निर्माण गर्न नसक्ने अवस्थामा पुगेका छन् । माइमझुवा क्षेत्रको राते खोलाको पुल पुर्ण रुपमा क्षति पुगेको छ भने गिताङ र मेवा खोलाका पुल जोखिमपूर्ण अवस्थामा रहेको वडाअध्यक्ष सनम राईले बताए ।
भारतको पश्चिम बगाल र इलामको शिर रहेको सन्दकपुर गाउँपालिकाको छिन्टापु, सन्दकपुर, भुसपाते धुपि क्षेत्रमा ठुलो वर्षातपछि बाढी र पोहिरो गएको थियो । उच्च भुभागमा वर्षातपछिको बाढी पोहिरोले तल्लो क्षेत्रमा बसोबास गर्ने सर्वसाधारण बढी मात्रामा प्रभावित भएका छन् ।
वर्षात पछिको बाढी पोहिरोले ५० परिवार पूर्णरुपमा विस्थापित भएका छन् । पोहिरोका कारण सय थप सय परिवार स्थानान्तरण गर्नुपर्ने अवस्थामा रहेको गाउँपालिका उपाध्यक्ष हरि लुङ्गेलीले बताए ।
५ वटा वडा रहेको सन्दकपुर गाउँपालिकाको सुलुबुङ माईखोला खण्डमा अझै सुख्खा पोहिरो खसिरहेको छ । वर्षात पछिको बाढी पोहिरोले क्षति भएको मुख्य सडकहरु पनि पुनः निर्माणमा बजेट अभाव छ । सन्दकपुरमा अशोज १२ देखि १४ सम्म बाढी र पोहिरोबाट बढी मात्रामा क्षति भएको गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।
बाढी र पोहिरोबाट गाउँपालिका भित्रका ८० प्रतिसत खानेपानी र सिचाई आयोजनाको मुहान पूर्ण रुपमा क्षति भएका छन् । जसका कारण सर्वसाधारणले सुद्ध खानेपानी खाने अवस्था छैन । बाढी पोहिरोले नगदेवाली, खाध्यबालीमा पनि ठुलो क्षति पुगेको छ ।

थप तिस्बरहरु : 

 

प्रतिक्रिया
सम्बन्धित समाचार