फिक्कल । स्वर्गीय आश्विन राई स्मृति तथा चाैथाे मुलखर्क भेट्रान्स भेट्रान्स फुटबलकाे उपाधि हिमालय सांग्रीला भेट्रान्सले जितेकाे छ । फाइनल खेलमा नेपालटार भेट्रान्सलाई ३-१ गाेल अन्तरले हराउँदै नेपालटारले उपाधि जितेकाे हाे ।
उपाधिसंगै हिमालय सांग्रीलाले २५ हजार १ रूपैया प्राप्त गरेकाे छ । उपविजेता नेपालटारले १५ हजार १ रूपैया प्राप्त गरेकाे छ ।
क्लबका अध्यक्ष ताराबाबु सुवेदीकाे अध्यक्षतामा भएकाे प्रतियोगितामा काेशी प्रदेश फुटबल संघका सहमहासचिव पूर्ण फत्रकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।
( यस अघि अन्यथा भएकाले सच्याइएकाे छ )