Local Sandesh शुक्रबार, कार्तिक २१ २०८३
  • ट्रेण्डिङ :

पोहिरोको जोखिममा सन्दकपुर ३ का ४ परिवार (तस्बिरहरु)

पोहिरोको जोखिममा सन्दकपुर ३ का ४ परिवार (तस्बिरहरु)

  • सन्देश सम्बाददाता
  • आइतबार, असोज २७ २०८१


पोहिरोको जोखिममा सन्दकपुर ३ का ४ परिवार (तस्बिरहरु)

सुलुबुङ । दशैको चटारोमा पहिरोको जोखिममा सन्दकपुर ३ का चार परिवार जोखिममा परेका छन् । अशोज दोस्रो साता आएको झरीले क्षतविक्षत बनाएको यो क्षेत्र सुलुबुङ्ग जमुना जोड्ने क्षतिग्रस्त पक्की पुलको सुलुबुङ्ग खण्डको करिव २० रोपनी क्षेत्रफलमा धाजा पाटे्को छ । वर्षात रोकिएपनि धाजा फाटेको क्षेत्रमा सुख्खा पोहिरो जाने क्रम रहेको नेकपा एमाले सन्दकपुरका सचिव रुपेनराज नेम्बाङले जानकारी दिए ।

धाजा फाटेको तल्लो क्षेत्रबाट सुख्खा पोहिरो झर्ने क्रम रहेकाले जोखिम बढेको उनले बताए । यहि क्षेत्रमा २०५० र ५१ सालमा असोज महिनामा सुख्खा पहिरोको स्मरण गर्दै चाडपर्वको समयमा त्रासमा विताउनु परिको स्थानिय जेवि लिङ्खिम राईले बताए । पहिरो बाट हुन सक्के क्षती न्यूनीकरणको लागी सम्बन्धित वडा कार्यालय, गाउँपालिका कार्यालय स्थानिय प्रशासनले चाँडै ध्यान दिनुपर्ने स्थानीयबासीको माग रहेको छ । सुख्खा पोहिरो अहिले निरन्तर झरेकाले माईखोला खण्डमा यातायात अवरुद्ध हुँदै आएको स्थानीयले जानकारी दिएका छन् । पोहिरो क्षेत्रको सन्दकपुर ३ र ५ का वडाअध्यक्ष सहितको टोलीले स्थलगत अध्ययन गरेको छ ।

सन्दकपुर ३ का अध्यक्ष लिल बहादूर बुर्जा र सन्दकपुर ५ का अध्यक्ष यज्ञ बहादूर गुरुङ्ग सहितको टोलीले पोहिरको जोखिममा रहेका परिवारहरुलाई भेटर छलफल गरेको थियो । स्थलगत अध्ययनका क्रममा पोहिरोको जोखिम बढी रहेकाले स्थानीयबासीलाई स्थानान्तरण गर्ने बिषयमा पनि छलफल भएको सन्दकपुर ३ का वडाअध्यक्ष लिल बहादूर बुर्जाले बताए ।

तस्बिरहरु :  रुपेनराज नेम्बाङ

 

प्रतिक्रिया
सम्बन्धित समाचार