Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

कैलाश राई एकल सांगीतिक कार्यक्रममा इलामका गायक गुरूङ सम्मानित

कैलाश राई एकल सांगीतिक कार्यक्रममा इलामका गायक गुरूङ सम्मानित

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज २१ २०८१


कैलाश राई एकल सांगीतिक कार्यक्रममा इलामका गायक गुरूङ सम्मानित

इलाम । कैलाश राई एकल सांगीतिक कार्यक्रमकाे अवसरमा इलामका गायक रगुन गुरूङ सम्मानित भएका छन् । शिक्षक समेत रहेका गुरूङ एक कार्यक्रमका बिच गोपाल योन्जन प्रेक्षालय मिरिक दार्जिलिङमा सम्मानित भएका हुन् ।

उनलाई ” एकता सम्मान २०२४ ” बाट बिभुषित गरिएकाे थियाे । गुरूङले यसै महिना अर्काे सम्मान समेत पाएका थिए । बुद्धवीर लामा तेह्रौं एकल गीतिमय साँझकाे अवसरमा उनले गत असाेज ३ गते ’सङ्गीत साधना सम्मान २०८१ पाएका छन् ।

उनले विभिन्न समयमा गरेर एक दर्जन गीतमा स्वर र संगीत भरेका छन् । गुरुङ विगत २ दशक भन्दा लामो समय देखि संगीत साधनामा लागेका छन् ।

उनले अल्झियौ अड्कियौ, एक आना दुई आना तीन आना मुटुबाटै माया गर्छु लौ न भनन्, चियाको बोटैमा , गोरीमा गोरी, झुकाई आँखा प्रितिको भाका, यादहरु, एउटा कथा जिन्दगीको डढ्यो खरानी, छेउमा आई बोलाई न त तिमी फर्किन्छौ लगायतका गीतहरुमा स्वारकन गरेका छन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार