Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

चाैथाे मुलखर्क भेट्रान्स : हिमालय सांग्रीला र शिसुवा विजयी

चाैथाे मुलखर्क भेट्रान्स : हिमालय सांग्रीला र शिसुवा विजयी

  • सन्देश सम्वाददाता
  • आइतबार, असोज २० २०८१


चाैथाे मुलखर्क भेट्रान्स  : हिमालय सांग्रीला र शिसुवा विजयी

फिक्कल  । स्वर्गीय आश्विन राई स्मृति तथा चाैथाे मुलखर्क  भेट्रान्स फुटबल अन्तरगत हिमालय सांग्रीला एफसी र शिसुवा एफसी बिजय भएका छन् । आज भएको उद्घाटन खेलमा फत्तेजुङ एफसी माथि ७-० गाेल अन्तरले हराउँदै प्रि-क्वाटरफाइनलमा स्थानमा सुरक्षित गरेकाे हाे ।

आज नै भएकाे दाेश्राे खेलमा युनाइटेड देउमाइ युनाइटेडले समेत प्रि-क्वाटरफाइनलमा स्थान सुरक्षित गरेकाे हाे ।
प्रतियोगिता अन्तर्गत भाेली पहिलाे खेलमा एनआरटी भेट्रान्स र भित्ते भेट्रान्स भिडने छन् । दाेश्राे खेलमा सुनाखरी भेट्रान्स पाँचथर र साब्जुङ, तेश्राे खेलमा छाँगे झर्ना र सिम्ले स्पाेर्टिङ भिड्नेछन् ।

मूलखर्क युवा खेलकद विकास समितिका अध्यक्ष ताराबाबु सुवेदीकाे अध्यक्षतमा भएकाे प्रतियोगितामा देउमाई नगरपालिका-३ का वडा सदस्य सन्तमान मगरकाे प्रमुख आतिथ्यता रहेकाे थियाे ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार