Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

आयोजकको चुनौती पन्छाउँदै इलाम तिनघरे सेमिफाइनलमा

आयोजकको चुनौती पन्छाउँदै इलाम तिनघरे सेमिफाइनलमा

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज १९ २०८१


आयोजकको चुनौती पन्छाउँदै इलाम तिनघरे सेमिफाइनलमा

शनिश्चरे । झापाको अर्जुनधारा १ सिस्नेस्थित सहिद टेकमान रंगशालामा जारी फुटबल प्रतियोगितामा आयोजक डासाब युवा क्लबको चुनौती पन्छाउँदै पाहुना टोली इलाम तिनघरेको न्यू भिजन युथ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । दोस्रो हाफमा १-० गोलको अग्रता जोगाउन नसक्दा आयोजकले इलामसँग बराबरीमा रोकिनु परेको थियो ।

अन्ततः खेलको छिनोफानो सडन डेथबाट भएको हो । सडन डेथमा आयोजकमाथि इलामले ६-५ गोलअन्तरमा जित दर्ता गर्यो । खेलमा आयोजकका हरि मगरले गोल गर्दै अग्रता दिलाएका थिए । तर, केही समयपछि इलामका मौसम राईले सम्झनलायक गोल गरेर टिमलाई बराबरीमा फर्काए । उत्कृष्ट गोल गरेका मौसम राई प्लेयर अफ दी म्याच बन्दै एक हजार पाँच सय पाउन सफल भए ।

आइतबार उपाधिको दाबेदार टोली शनिश्चरे एफसीले झापा एफसी राजगढसँग पहिलो सेमिफाइनल खेल खेल्ने छ । यस्तै, इलामले सैनिक ११ बिर्तामोडसँग सोमबार प्रतिस्पर्धा गर्ने छ । २३ गते हुने फाइनल खेलको विजेताले नगद ५० हजार र आकर्षक ट्रफी पाउने छ । यसैबीच, प्रतियोगिता सम्पन्न गर्नका लागि अर्जुनधारा १, जापान समाजबाट ४५ हजार ६ सय रूपैयाँ र अर्जुनधारा १, (कोरियामा गाउँले)  नगद ४३ हजार ५ सय सहयोग प्राप्त भएकोप्रति डासाब युवा समूहका सचिव तेजन बुर्जामगरले धन्यवाद दिएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार