केही दिन अगाडिको भारी वर्षा तथा पहिरोका कारण सडक सञ्जालमा निकै क्षति पुर्याएको छ । यसमा पूर्वी नेपाली छिटो जोड्ने बीपी हाइवे पनि अछुतो रहेन । विभिन्न निकाय, एजेन्सी तथा समाचारहरूलाई स्रोत मान्दै आजदेखि बुद्ध एयरले पूर्वको झापा भद्रपुरमा दुई उडान थपेको छ । यसले यात्रुहरुलाई सजिलै टिकट बुकिङ गर्न सजिलो तथा आउजाउमा थप सहजता हुने बुद्ध एयरको विश्वास छ ।
भद्रपुरदेखि काठमाडौं उडानको भाडादर जम्माजम्मी ५ हजार रुपैयाँ रहेको छ । तथापि बुद्ध एयरको भद्रपुर–काठमाडौं दुई उडानमध्ये १ उडान खाली तथा अर्को उडानमा जम्माजम्मी १० जना यात्रु गएका छन् । गत वर्षको जाडो मौसममा भद्रपुरमा खासै हुस्सु कुहिरो नलागेको तथ्य रहेको छ । जनकपुरको हुस्सु कुहिरो पनि चाँडै हट्ने हुँदा यी दुई स्थानमा उडान थपिएको छ ।
यी उडानहरु मौसम तथा अनुकूलतासँगै हरेक दिन थपिनेछ ।