इलाम । गत शनिबारबाट अन्धकार भएको इलाममा आसिंक रुपमा विद्युत आपूर्ती शुरु भएको छ । नेपाल विद्युत् प्राधिकरणको पाडाजुँगी–गोदक १३२ केभिए प्रसारण लाइनअन्तर्गत महमाईमा रहेको ५१ नम्बरको टावर बाढीले क्षतिग्रस्त बनाएपछि चुलाचुली गाउँपालिकाबाहेक इलामको सबैतिर बिजुली काटिएको थियो । तर विद्यतु प्राधिकरणले ३३ केभिए प्रशारण लाइन मर्मत गरि इलामको आसिंक क्षेत्रमा विद्युत आपूर्ती शुरु भएको नेपाल विद्युत प्राधिकण इलाम वितरण केन्द्रका प्रमुख बिजली प्रसाद यादवले बताए ।
१३२ केभिए प्रशारण लाइन मर्मतका लागि समय लाग्ने भएपछि झापाको अनारमनी र फिक्कल हुँदै ३३ केभी प्रसारण लाइनको बिजुली इलाम ल्याउने र वितरण गर्ने काम शुरु भएको प्रमुख यादवले बताए । यो विकल्पले इलाममा बिजुली बाल्ने प्रयास सफल भइरहको छ । उनले भने, यो काम भोली दिनभरमा सम्भव जिल्लाभिर विद्युत आपूर्ती हुन्छ ।’
उनले महमाईमा भएको क्षति मर्मत गर्न सम्भव नहुञ्जेल ३३ केभिए प्रशारण लाइनबाट विद्युत आपूर्ती हुने बताए । प्रमुख यादवका अनुसार अहिले इलामको ६० प्रतिसत क्षेत्रमा विद्युत आपूर्ती भइसकेको र भोली दिनभरमा सबै ग्राहाककोमा पूर्ण रुपमा विद्युत वितरण हुने उनले बताए । इलाम क्षेत्रको ३३ केभिए प्रशारण लाइन मर्मतको काम सकिएपछि पाँचथर र ताप्लेजुङ विद्यतु भोली आपूर्ती हुने उनले बताए ।