सन्दकपुर । पशुहरुमा देखिने खोरेत रोग मुक्त प्रदेश बनाउन कोशी प्रदेश सरकारको सहयोगमा सन्दकपुर गाउँपालिकामा अभियान थालिएको छ । दुधबाट बन्ने विभिन्न परिकार र मासुजन्य उत्पादनमा राम्रो रहेको कोशी प्रदेशलाई खोरेत मुक्त गराउने अभियान इलामका ८स्थानीय तहमा हुँदै आएको हो ।
‘कोशीमा उत्पादन भएका पशुजन्य वस्तुको विदेश निर्यातका लागि पहिलो शर्त खोरेत मुक्त प्रमाणपत्र हुन्छ । खोरेत मुक्त गर्न प्रदेशका १४ वटै जिल्लामा भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रको स्थापना गरि स्थानीय तहको समन्वयमा काम खोरेत विरुद्धको भ्याक्सिन लगाउने काम शुरु भएको हो । खोरेत मुक्त भएरमा उत्पादनको भएको घिउ, छुर्पी, दुध, दुधका परिकार र मासुजन्य उत्पादन राम्रोसँग बिदेश निर्यात गरी किसानको आर्थिक अवस्था सुदृढ गर्न सक्ने प्रदेश सरकारको योजना छ ।
सन्दकपुरमा ७ हजार ५ सय पशुहरुमा खोरेत बिरुवद्धको खोप लगाउने काम शुरु भएको सन्दकपुर गाउँपालिका पशु शाखा प्रमुख सविन भट्टराईले बताए । ६÷६ महिनाको फरकामा खोरेत विरुद्धको खोप लगाइने गरेको छ । तीन वर्षसम्म खोप लगाइएपछि खोरेत उन्मुलनको प्रमाणपत्र पाइनेछ ।
खोरेत रोग खुरपाका तथा मुखपाका रोग एक अत्यधिक संक्रामक भाइरल रोग हो, जसले मुख्य रूपमा गाई, भैंसी, बाख्रा, भेडा, र सुँगुर जस्ता खुर भएको पशुलाई असर गर्ने भएकाले सन्दकपुरमा १० जना पशु प्राविधिकहरु खटिएका छन् । यस रोगको कारण खुर र मुखमा घाउहरू हुन्छन्, जसले पशुलाई धेरै पीडा दिन्छ र उनीहरूको उत्पादन क्षमता घटाउँछ।

खोरेत रोगको संक्रमणले पशुपालन व्यवसायमा गम्भीर आर्थिक घाटा पुर्याउँछ। यो रोगको कारण दुग्ध उत्पादन घट्छ, मासु उत्पादन प्रभावित हुन्छ, र संक्रमित क्षेत्रको पशु जन्य उत्पादनको व्यापारमा समस्या उत्पन्न हुन्छ। खोरेत रोग रोक्नका लागि खोप लगाउनु नै सबैभन्दा प्रभावकारी र एक मात्र उपाय हो। पशुलाई नियमित रूपमा ६र६ महिनाको फरकमा प्रत्येक बर्ष २ पटक खोप लगाएर यो रोगबाट जोगाउन सकिन्छ।
सन्दकपुर गाउँपालिका इलामले आगामी तीन वर्ष भित्र खोरेत रोग मुक्त गाउँपालिका घोषणा गर्ने लक्ष्य अनुसार प्रत्येक वडामा पालिएका गाई, गोरु,भैंसी ,राँगा, याक, नाक, चौरीलाई खोरेत रोग बिरुद्धको प्रथम चरण ६ महिनाको डोजको खोप लगाउने कार्यक्रमको सुरुवात गरेको छ ।

खोरेत रोगको उन्मुलनको प्रमाणीकरण नभएको कारण सन्दकपुरमा उत्पादन हुने घ्यू छुर्पिले अन्तराष्ट्रिय बजारमा आफ्नो छुट्टै ब्रान्ड र नाममा निर्यात हुन नसकेको कारण न्युन मुल्यमा निर्यात भइरहेको अवस्थामा आगामी तीन वर्ष भित्रमा खोरेत रोगको उन्मुलन गरि दूध तथा दुग्ध जन्य उत्पादन तेस्रो मुलुक निर्यात गरि किसानले पाउने दुधको मुल्यमा वृद्धि गराई पशुपालन ब्यवसायको विकास र बिस्तारमा योगदान पुर्याउनका लागि हार्दिक अपिल गर्दछु ।

खोप लगाउने कार्यमा साथ सहयोग सहकार्य तथा सहजीकरणका लागि सम्पूर्ण जनप्रतिनिधी ज्यूहरु, टोल बिकास संस्थाका पदाधिकारी ज्यूहरु, सहकारी संस्था, कृषक समुह, डेरी ब्यवसायी तथा राजनैतिक दलका प्रतिनिधि ज्यूहरुमा सहयोगको याचना गर्दछु । साथै प्रथम चरणको खोरेत रोग बिरुद्धको खोप कार्यक्रम सम्पन्न भए पश्चात लम्फी स्किन रोग बिरुद्धको खोप कार्यक्रम संचालन हुनेछ ।