Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय नगरपालिकाबाट अब अनलाइन नागरिकता सिफारिस

सूर्योदय नगरपालिकाबाट अब अनलाइन नागरिकता सिफारिस

  • सन्देश सम्वाददाता
  • मंगलबार, असोज ८ २०८१


सूर्योदय नगरपालिकाबाट अब अनलाइन नागरिकता सिफारिस

फिक्कल । सूर्योदय नगरले जिल्लामा पहिलो पटक नागरिकताको सिफारिस अनलाइनबाटै सुरु गरेको छ । वडा २ का वडध्यक्ष डिकबहादुर बम्जनको अध्यक्षता र प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्‍न कार्यक्रममा सीमा प्रशासन कार्यालय पशुपतिनगरका कार्यालय प्रमुख, सूर्योदय नगरपालिका र माईजोगमाई गाउँपालिकाका सूचना प्रविधि अधिकृत र वडा सचिवहरुको उपस्थिति थियो ।

कार्यक्रममा सूर्योदय नगरपालिकाका १४ वटै वडाबाट अनलाइन प्रणालीबाट नागरिकता सिफारिस गर्ने प्रणालीको औपचारिक शुभारम्भ भएको छ । कार्यक्रमको सहजीकरण गृह मन्‍त्रालयका कम्प्युटर अधिकृत सुदर्शन न्यौपाने र कम्प्युटर अपरेटर राजकुमार चौधरीले गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार