फिक्कल । इलामको सूर्योदय नगरपालिकामा खुल्ला फुटसल प्रतियोगिता हुने भएको छ । आगामी असोज ११ र १२ गते प्रतियोगिता हुने भएको हो । ब्रदरहुड फिक्कलको आयोजनामा कान्दुक फुटसलमा प्रतियोगिता संचालन हुने भएको हो । प्रतियोगिताको बिजेताले नगद ६० हजार र उपविजेताले नगद ४० हजार प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ । प्रतियोगितामा सहभागिताका लागि ५ हजार रुपैया इन्ट्री शुल्क तोकिएको छ ।

![]()