Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल

सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ७ २०८१


सुदूरपश्चिमको पोस्टमा एपिएफको १९ गोल

इलाम । विभागीय टोली एपिएफले सुदूरपश्चिम प्रदेशविरुद्ध एन्फा महिला लिगकै सबैभन्दा फराकिलो जित हासिल गरेको छ। तीन खेलाडीले ह्याट्रिक गरेपछि सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सोमबार भएको खेलमा एपिएफ १९–० ले विजयी भएको हो। यसअघि अर्को विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबले सुदूरपश्चिमविरुद्ध नै १४-१ को सजिलो जित हात पारेको थियो।

जितसँगै शीर्ष स्थानमा रहेको एपिएफले आठ खेलमा २२ अंक पुर्‍याएको छ। समान खेल खेलेको सुदूरपश्चिम अंकविहीन छ। एपिएफको जितमा रश्मिकुमारी घिसिङ र अनिता केसीले समान चार गोल गरिन्। प्रिति राईले तीन गोल गर्दा कुसुम खतिवडा र सविता रानामगरको नाममा समान दुई गोल रह्यो।

सरु लिम्बु र रेनुका हमालले समान एक गोल आफ्नो नाममा टिपाइन्। दुई गोल भने आत्मघाती रह्यो।

प्रतिक्रिया
सम्बन्धित समाचार