Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

एन्फा वुमन्स लिग : चन्द्रपुर विरुद्धको बराबरीले कोशीको शिर्ष ५ को सम्भावना कायमै

एन्फा वुमन्स लिग : चन्द्रपुर विरुद्धको बराबरीले कोशीको शिर्ष ५ को सम्भावना कायमै

  • सन्देश सम्वाददाता
  • सोमबार, असोज ७ २०८१


एन्फा वुमन्स लिग : चन्द्रपुर विरुद्धको बराबरीले कोशीको शिर्ष ५ को सम्भावना कायमै

इलाम । एन्फा वुमन्स लिगमा कोशी प्रदेशले शिर्ष ५ को सम्भावना कायम राखेको छ । आफ्नो ८ औ खेलमा चन्द्रपुर विरुद्ध बराबरी खेल्दै कोशीले शिर्ष ५ प्रवेशलाई कायम नै राखेको हो । १–० ले पछि परेको अवस्थामा खेलमा फर्कदै कोशीले चन्द्रपुर विरुद्ध अंक खोसेको हो । खेलको ५१ औ मिनेटमा चन्द्रपुरकी सुनिता सुनारले अग्रता दिलाएकी थिइन् ।

कप्तान सजनी थाेकरको लामो प्रहारमा फ्लिक कोशीका खेलाडीमा फ्लिक हूँदै आएको बललाई उनले जाली चुमाएकी थिइन् । चन्द्रपुरले अग्रता लिनु भन्दा १ मिनेट अघि कोशीले अग्रताको मौका पाएको थियो । मौकालाई प्रतिक्षा राईले सदुपयोग गर्न सकिनन् । ममता राउतको प्रहारमा डिबक्सभित्र सजनीको हेन्डबल भएपछि पाएको पेनाल्टीमा प्रतिक्षाको प्रहारलाई गोलरक्षक उषा थापाले बचाएकी थिइन् ।

८० औ मिनेटमा ममता राउतले खेल बराबरी गरिन् । डिबक्स भित्र पुर्णिमा राईले दिएको पासमा ममताले खेल बराबरी गरेकी हुन् । प्लेयर अफ दि म्याच कोशीकी कप्तान खुस्मा राई घोषित हुँदै नगद ५ हजार प्राप्त गरिन् । बराबरीसंगै कोशीको ८ खेलबाट ११ अंक बटुल्दै ५ औ स्थान कायम नै राखेको छ । कोशीले ३ जीत, २ बराबरी र २ खेलमा पराजय भोगेको छ । कोशीको शिर्ष ५ प्रवेशका लागि संकटाको खेलले निर्णय गर्नेछ ।

संकटाले आगामी खेलमा बागमतीलाई हराएको खण्डमा गोल अन्तरको आधारमा कोशी छैटौ स्थानमा झर्नेछ । यदी बराबरी खेलेको खण्डमा कोशीको शिर्ष ५ निर्धारण अन्तिम खेलबाट हुनेछ । अन्तिम खेलमा कोशीले जित वा बराबरी निकाल्दा संकटाले बराबरी खेले वा पराजित भए कोशी शिर्ष ५ मा रहँदै अघिल्लो चरण पुग्नेछ ।

बराबरीसंगै चन्द्रपुरको शिर्ष ५ प्रवेशका लागि कोशी र संकटाको नतिजामा भर रहनेछ । कोशीले अन्तिम खेल र संकटाले दुवै खेलमा पराजय भएको खण्डमा चन्द्रपुरले अन्तिम खेलमा वालिङ विरुद्ध जित निकालेर मात्र हुँदैन् कोशीको भन्दा बढि गोल अन्तर निकाल्नुपर्नेछ । उसले ८ खेलमा १ जित ५ बराबरी र २ पराजयसंगै ८ अंक बटुलेर सातौ स्थानमा छ । उसलाई ७ खेलबाट ७ अंकको साथ बागमतीले पछ्याइरहेको छ ।

चन्द्रपुरले अन्तिम खेल चौथो स्थानमा रहेको वालिङ नगरपालिकासंग खेल्नेछ । कोशीले अन्तिम खेलमा प्रतियोगिताको सवैभन्दा कमजोर टोल सुदुरपश्चिमको सामाना गर्नेछ । प्रतियोगितामा ३ विभागीय टिमले शिर्ष ५ मा स्थान सुरक्षित गरिसकेका छन् । आज नै लिग लिडर एपिएफले अन्तिम स्थानको सुदुरपश्चिमसंग खेल्दैछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार