रोङ । इलामको रोङ गाउँपालिका–३ कुटिडाँडामा माता पाथिभरा साना पर्यटन व्यवसायी समुहको तेश्रो बार्षिक साधारणसभा सम्पन्न भएको छ । पाथिभरा मन्दिरको प्राङगणमा व्यवसाय गर्ने उद्धेश्ले स्थापना भएको संस्थाले साधारण सभाको अवसरमा ११ जनालाई सम्मान गरेको छ ।
सम्मानित हुनेहरुमा उत्कृष्ठ सरसफाइ कर्ता जानुका देबी राई र जिना बस्नेत, अनुशासित ब्यवसायी कबिता राई र पुष्पा गुरुङ, नियमित अगरबत्ती बिक्री तथा भुक्तानीकर्ता निशा राई र बितिशा भूजेल तथा फेब्रिक झोला नियमित बिक्रीकर्ता इन्दिरा भूजेल सम्मानित भएका छन् । त्यसैगरी पाथीभरा मन्दिरमा आएका पर्यटकले भुलबस छाडेको रकम भेटाएर इमान्दारी पूर्वक फिर्ता गर्ने सम्झना निरौलालाई इमान्दारी ब्यसायीको रुपमा सम्मान गरिएको छ ।
त्यसैगरी अगरबत्तीको थोक बिक्रेता कर्ता बिमल भूजेल, कृष्णकुमारी भुजेल, गोमा बराल र याम मुखियालाइ पनि सम्मान गरिएको छ । साधारण सभामा ७ लाख ८७ हजार, ९४ रुपैयाको वासलात र ७ लाख ९४ हजार ३४६ रुपैयाको प्राप्ती भुक्तानी बिवरण पारित गर्नेको साथै चालु आर्थिक बर्षमा गर्ने कार्य योजना र रणनीति पारित गरेको थियो ।
साधारण सभाले मन्दिर क्षेत्रमा धुम्रपान मध्यपान निषेध गर्ने, ब्यपार गर्ने क्षेत्रमा एक महिना भित्रमा इन्टरनेट जडान गर्ने, ब्यपारीक आचार सहिता पालना गर्ने निर्णय गरेको छ । समितिको रिक्त सहसचिब पदमा लिला भूजेल र सदस्य पदमा रिमा भूजेल र उषा भूजेललाई चयन गर्ने निर्णय समुहका उपाध्यक्ष दिनेश निरौलाले बताए । साधारण सभामा कोषाध्यक्ष किरण राउतले आर्थिक प्रतिबेदन र अध्यक्ष राम खवासले समितिको प्रतिबेदन प्रस्तुत गरेका थिए ।
२०७८ सालमा रोङ गाउँपालिकामा दर्ता भइ बिधिबत रुपमा सञ्चालनमा रहेको यस समुहमा हाल ४९ जना ब्यपारीहरु सगठित भएका छन् । यस समुहले पाथीभरा नामक अगरबत्ती र फेब्रिक झोला उत्पादन गरी बिक्री बितरण गदै आएको अध्यक्ष राम खवासले बताए । “ पाथीभरा मन्दिर क्षेत्रमा उत्पादन हुने फोहोर ब्यवस्थापन चुनौती रहेको छ” , अध्यक्ष खवासले भने, “ गाउँपालिका सग समन्वय गरेर दिगो ब्यवस्थापन सहित डम्पिङ साइडको ब्यवस्था मिलाउन प्रयास गरिने छ” ।
रोङ गाउँपालिका कार्यपालिका सदस्य इन्दिरा बिश्वकर्माको प्रमुख आतिथ्यता तथा वडा सदस्य लिला राउतको बिशेष उपस्थितिमा भएको साधारण सभामा पाथीभरा मन्दिर समितिका पदाधिकारीहरु, टोलबिकास सस्थाका पदाधिकारीहरु ब्यपारी लगायत भक्तजनको उपस्थिति रहेको थियो । पाथीभरा मन्दिर परिसरमा भएको सभा समुहका अध्यक्ष राम खवासको सभापतित्वमा सम्पन्न भएको थियो ।
मन्दिरको स्थापना कालदेखि व्यवसायीहरु संगठित नहुँदा विभिन्न समस्याहरु भोग्नु परेको थियो । अहिले संगठित भएर मन्दिर परिसरमा ४९ वटा पसल तथा एक खाजा घर र हाँसपोखरी क्षेत्रमा ६० देखि ७० वटा सम्म साना ठुला गरी संचालनमा छन् । यस ब्यबसाय वाट रोङ तथा सुर्योदय का करिव ५०० जना ले जिविकोपार्जन गरेका छन् ।
पाथिभरा मन्दिर पालिकाले जिम्मा लिई समिति बनाएर संचालन गर्न थालेपछि भक्तजनको घुइचो लाग्न थालेको छ।