Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सरस्वती माविमा प्रधान परिवारद्धारा अक्षयकोष स्थापना

सरस्वती माविमा प्रधान परिवारद्धारा अक्षयकोष स्थापना

  • सन्देश सम्वाददाता
  • शनिबार, असोज ५ २०८१


सरस्वती माविमा प्रधान परिवारद्धारा अक्षयकोष स्थापना

फिक्कल । आफ्ना पिताको स्मृतिको इलामको रोङ गाउँपालिका–६ का प्रधान परिवारले सरस्वती माविमा अक्षयकोष स्थापना गरेका छन् । स्व कृष्ण बहादुर प्रधानको स्मृतिका उनको परिवारले १ लाख ५० हजार ५ सय ५१ रुपैयाको अक्षयकोष स्थापना गरेको हो । प्रधानको बाह्रौ तिथिको अवसरमा परिवारले विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम साम्पाङ राई र प्रधानाध्यापक गोबिन्द पौडेललाई हस्तान्तरण गरेका हुन् ।

आफु हुर्के बढेको गाउँ र कखरा शुरु गरेको बिध्यालयका बिद्यार्थीहरुको हितमा खर्च होस भनेर बुवाको नाममा अक्षय कोष स्थापना गरिएको छोरा केशर प्रधानले बताए । बिद्यालयमा अक्षय कोषको स्थापनाले बिद्यालय संचालनमा सहयोग पुग्ने आश गर्दै उक्त अक्षय कोषलाई कार्यबिधि बनाएर दाताको परामर्षमा उचित तरिकाले ब्यवस्थापन गर्ने भन्दै अक्षय कोष दाता परिवारप्रति धन्यवाद दिएका थिए ।

बि.स २००७ साल कार्तिक १० गते जन्मिएका कृष्ण बहादुर प्रधानको ७४ बर्षको उमेरमा २०८१ भदौ २४ गते निधन भएको थियो । उनको एक श्रीमती दुईछोराहरु केशर र युद्ध प्रधान र एकछोरी धनकुमारी रहेका छन् । यता २०१४ सालमा स्थापित सरस्वती मा बिमा यसभन्दा अघि कुनैपनि अक्षय कोषहरु नरहेकोले यो नै पहिलो कोष रहेको बिद्यालयले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार