Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

नेराशिसं इलामको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला सम्पन्न

नेराशिसं इलामको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला सम्पन्न

  • खेमराज ढकाल
  • शुक्रबार, असोज ४ २०८१


नेराशिसं इलामको आयोजनामा अन्तर विद्यालय वक्तृत्वकला सम्पन्न

इलाम । नेपाल राष्ट्रिय शिक्षक संगठन इलाम नगर समितिले अन्तर विद्यालय माध्यमिक तह स्तरिय वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेको छ । संविधान दिवसको अवसरमा कक्षा ९ देखि १२ सम्मको प्रतियोगिता सम्पन्न भएको हो । प्रतियोगितामा इलाम माविकी प्रिस्कला लिम्बु प्रथम, बालमण्डल मावि जस्बिरेका ललित राय द्धितिय, पूर्ण स्मारक मावि गोदककी सोमिता लेप्चा तृतिय र प्रज्ञा सदन इलामकी युविना गड्तौला सान्तवना भएकी छन् ।

उनीहरुले क्रमशः ३ हजार, २ हजार, १ हजार ५ सय र १ हजारका साथमा प्रमाणपत्र र मेडल प्राप्त गरेका छन् । संगठनका नगर अध्यक्ष अर्जुन शर्माको अध्यक्षता र राष्ट्रिय समिती सदस्य प्रकाश खनालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा इलाम नगर भित्रका सामुदायिक र संस्थागत गरि २१ वटा विद्यालयको सहभागिता रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार