Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

सूर्योदयमा संविधान दिवसमा दौड प्रतियोगिता

सूर्योदयमा संविधान दिवसमा दौड प्रतियोगिता

  • सन्देश सम्वाददाता
  • बिहिबार, असोज ३ २०८१


सूर्योदयमा संविधान दिवसमा दौड प्रतियोगिता

इलाम– संविधान दिवस–२०८१ अवसरमा इलामको सूर्योदय नगरपालिकामा दौड प्रतियोगिता सम्पन्न भएको छ । नगरपालिकाले विभिन्न समूहमा कन्यामदेखि फिक्कलसम्म दौड प्रतियोगिता आयोजना गरेको हो । दौडमा नगर प्रमुख रणबहादुर राई, प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराई, वडाध्यक्षहरू, जनप्रतिनिधिलगायत इलाम र इलाम बाहिरका पनि सहभागी थिए ।

खुला पुरुष दौड १९ मिनेट ३२ सेकेन्डमा पार गर्दै पाँचथर मिक्लाजुङका रोशन राई प्रथम, १९ मिनेट ५० सेकेन्डामा पार गर्दै दमक नगरपालिकाका सरोज सिंह दोस्रो र १९ मिनेट ५५ सेकेन्डमा पार गर्दै फिदिमका मुक्सम लिम्बू तेस्रो भएका छन् । उनीहरुले क्रमश १० हजार, ५ हजार र ३ हजार रुपैया प्राप्त गरे ।

पुरुष भेट्रान्सतर्फ सूर्योदय नगरपालिका–११ का अविनारायण अधिकारी प्रथम, सूर्योदय नगरपालिका–११ कै इमान राई दोस्रो र मोरङको उर्लावारी नगरपालिकाका हेमन्त लावती तेस्रो भएका छन् । खुला महिला दौडमा मिक्लाजुङ गाउँपालिकाकी पुष्पा शेर्मा लिम्बू प्रथम, सूर्योदय नगरपालिका १२ की अर्चना राई दोस्रो र वर्षा राई तेस्रो भएका छन् ।

उनीहरुले जनही ५ हजार, ३ हजार र २ हजार रुपैया प्राप्त गरे । विजेतालाई नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको छ । कन्यामबाट सुरु भएको दौड नगरपालिका कार्यालय अगाडी आएर समापन भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार