Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

राष्ट्रिय नाटक प्रतियोगिता–२०८१ मा चेतना नाट्य समुह इलामको नाटक “घरजम” प्रथम

राष्ट्रिय नाटक प्रतियोगिता–२०८१ मा चेतना नाट्य समुह इलामको नाटक “घरजम” प्रथम

  • सन्देश सम्वाददाता
  • बुधबार, असोज २ २०८१


राष्ट्रिय नाटक प्रतियोगिता–२०८१ मा चेतना नाट्य समुह इलामको नाटक “घरजम” प्रथम

इलाम । हरिप्रसाद कल्याणी रिमाल राष्ट्रिय नाटक प्रतियोगिता–२०८१ मा चेतना नाट्य समुह, इलामको नाटक “घरजम“ ले प्रथम स्थानमा हासिल गरेको छ । सांस्कृतिक संस्थान राष्ट्रिय नाचघर, जमलमा भएको प्रतियोगितामा कोशीको प्रतिनिधित्व गरेको घरजमले प्रथम स्थान हासिल गरेको हो । हरिप्रसाद कल्याणी रिमाल नाट्य संगीत प्रतिष्ठानद्वारा जमलस्थित राष्ट्रिय नाचघरमा आइतबारदेखि आयोजित महोत्सवमा सहभागी हुन देशभरबाट ३२ नाटकले प्रतिस्पर्धा गरेकामा ‘सती कलसा’, ‘घरजम’, ‘निब’, ‘नाच नौवरङ्गी नाच’, ‘लासको खेती’ र ‘सिल्भिया’ मञ्चनका लागि छनोटमा परेका थिए ।

उत्कृष्ट नाटक घोषित भएसंगै घरजमले १ लाख रुपैया प्राप्त गरेको छ । सर्वोत्कृष्ट नाटकसंगै घरजमबाट उत्कृष्ट अभिनेत्री भावना खपाङ्गी मगर, उत्कृष्ट निर्देशक सुरेश पोर्तेल र अन्वेश राई घोषित भए । व्यक्तिगत विधाका विजेताले जनही १५ हजार रुपैयाँ पुरस्कारको प्राप्त गरे । दोश्रो स्थान लुम्बिनी प्रदेशको निब र तेश्रो बागमती प्रदेशको सिल्भियाले हासिल गरे । उनीहरुले जनही ५० हजार र २५ हजार प्राप्त गरे ।

साहित्यकार माधव भँडारीले लेखेको नाटक घरजम ५० वर्ष अघिको नेपाली गाउँको कथा हो । कथाको निर्देशन सुरेश पोर्तेल र अन्वेश थुलुङले गरेका थिए । नाटक घरजममा सामान्य नेपाली समाजमा विबाहित महिलाले भोग्नु पर्ने पारिवारिक समस्याको उजागर गर्न खोजिएको छ । महिलाले अवसर पाएमा समाज रुपान्तरण योगदान दिन सक्छिन ।

यतिबेला महिलालाई समाजले अवसर, सहयोग र समन्वयमा पछि पार्न नहुँने सशक्त आवाज बोलेको निर्देशक सुरेश पोर्तेलले बताए । विवाह गरेकी महिलाले कर्म घरमा परिवारका सदस्यसँग रहदा बस्दा सासु आमाको बुहारी प्रतिको व्यबहार, पतिले पत्नि र आमासँग दोहोरो सन्तुलित व्यबहार देखाउन खोज्दा घरजम टुट्ने र जोडिन आउने परिदृष्य हेर्न सकिने छ ।

यसका साथै घरजमका आवश्यक आधारहरुको निर्माण गर्न सशक्त सन्देश दिने नाटकका अर्का निर्देशक अन्वेश थुलुङले जानकारी गराए । करिब ४५ मिनटको नाटकमा सरिता राई, भावना खपाङ्गी मगर, सुशान्त चापागाई, समिर राई, रेबिका तोलाङ्गी, आशिका सोतेम्बा राई र भूमिका सुब्बाले अभिनय गरेका थिए । नाटकको बाध्यवादन तथा गीतमा निर्मल राई र प्रितिका मुखिया रहेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार