Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

बसपार्क समन्वय समितिद्वारा प्रचण्डलाई ज्ञापन पत्र

बसपार्क समन्वय समितिद्वारा प्रचण्डलाई ज्ञापन पत्र

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र ३० २०८१


बसपार्क समन्वय समितिद्वारा प्रचण्डलाई ज्ञापन पत्र

बिर्तामोड । झापाको बिर्तामोड र अर्जुनधारा नगरक्षेत्रमा रहेको बसपार्क क्षेत्रको जग्गा समस्या समाधानका लागि गठित बसपार्क समन्वय समितिले नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०लाई ज्ञापन पत्र बुझाएका छन् । आइतबार विहान टेकबहादुर गिरी बसपार्क ९नयाँ बसपार्क० पुगेका अध्यक्ष प्रचण्डलाई सो क्षेत्रको जग्गा समस्या समाधानका लागि उक्त ज्ञापन पत्र बुझाइएको हो ।

सुदर्शन गिरीको माग निवेदनअनुसार सो क्षेत्रको ५१ विगाहा जग्गामा रहेको चिया बगान अन्यत्र स्थानान्तरण गरी सट्टापट्टा गर्न दिने सरकारको मन्त्रीस्तरीय निर्णयबाट सो जग्गा नाज टी स्टेटको नामबाट बिर्तामोड आवास कम्पनीको नाममा बिक्री भएको थियो । आवास कम्पनीले जग्गा कित्ताकाट गरी विभिन्न व्यक्ति तथा संघसंस्थालाई बिक्री गरेको थियो । सो जग्गाको सम्बन्धमा नियमविपरित भएको भन्दै २०६४ सालमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेको थियो र भोग चलन भइरहेको अवस्थामा गिरीबन्धु टी स्टेटको जग्गाको बिषयमा परेको मुद्धाको फैसला गर्दै सर्वोच्च अदालतले २०८० माघ २४ गते फैसलाको पूर्ण पाठ सार्वजनिक गरेको थियो ।

पूर्ण पाठमा सो ५१ विगाहा जग्गाको बिषयमा रोक्का राख्नु भन्ने कुनै आदेश नभएको, अगाडीको रिट खारेज भइसकेको अवस्थामा जिल्ला मातपोत कार्यालयले सो जग्गाको कारोबार रोक्का राखेको भन्दै समन्वय समितिले समस्या समाधानका लागि आग्रह गरेको हो । जग्गाको किनबेच, धितो रोक्का लगायतका काम नहुँदा स्थानीय समस्यामा परेको समितिको भनाई छ । मालपोत कार्यालयमा गएर बुझ्दा भूमिसुधार मन्त्रालयमा लेखि पठाएको र जवाफ नआएकाले केहि गर्न नसकिएको जवाफ पाएको उनीहरुले बताएका छन् । समितिको तर्फबाट हरि भण्डारीले ज्ञापन पत्र बुझाएका थिए ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष प्रचण्डले आफुले सरकारमा हुँदा गिरीबन्धुलगायतको बिषयमा बोलेकै कारण सरकार ढलेको बताए । माओवादी केन्द्र भ्रष्टाचारको विरुद्ध र सुशासनको पक्षमा अडिग रहेकाले सदन र सडकबाट भएपनि पिडीतहरुलाई न्याय दिलाउने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार