इलाम । माओवादी केन्द्र ईलाम नगरपालिका ११ को वडा सम्मेलन सम्पन्न भएको छ । दोस्रो वडा सम्मेलनले असल बहादुर फागोको अध्यक्षतामा १५ सदस्य वडा समिति गठन भएको छ । वडा उपाध्यक्षमा रेशम नेम्वाङ, सचिव मनकुमार नेम्वाङ, सहसचिव धुर्व राई, कोषाध्यक्ष दमन्ता खनाल निर्वाचित भएका छन् । सम्मेलनले वडा सदस्यमा नरेन्द्र उदासी चेम्जोङ, भीम कुमारी राई, इन्द्र कुमारी राई, शुकराज राई अनिस, सन्दीप राई, बिज्ञान फागो, सोनिया लिम्बू, धनकुमार राई, उमा देवी कटुवाल र
विमला सुब्बा चयन भएका छन् । सम्मेलनमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य धिरेन्द्र सर्मा, जिल्ला अध्यक्ष बिजय खम्बु, प्रदेश कमिटि सदस्य प्रभास सर्मा, अखिल क्रान्तिकारी अध्यक्ष रोशन राई लगायतले सुभकामना मन्तव्य राखेका थिए ।
