Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

अर्जुनधारा फुड पोइजन प्रकरण : डिस्चार्ज भएका अधिकांश पुन : भर्ना

अर्जुनधारा फुड पोइजन प्रकरण : डिस्चार्ज भएका अधिकांश पुन : भर्ना

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २७ २०८१


अर्जुनधारा फुड पोइजन प्रकरण : डिस्चार्ज भएका अधिकांश पुन : भर्ना

बिर्तामोड । झापाको अर्जुनधारास्थित शनिश्चरे अस्पतालमा फुड पोइजनका बिरामीको संख्या बढेको छ । बुधबार डिस्चार्ज भएका ५२ जनामध्ये ४९ जना पुनस् भर्ना भएका छन् । बिहीबार नयाँ र पुराना गरी ७२ जना विरामी भर्ना भएको अर्जुनधारा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सन्तोष चिमरियाले जानकारी दिए । ६ देखि ७७ वर्ष सम्मका बिरामी रहेको उनले बताए ।

बिरामीहरुमा १०४ डिग्रीसम्म ज्वरो आउने, वान्ता हुने, पखाला लाग्ने समस्या भएको उनले जानकारी दिए। १५ शैयाको शनिश्चरे अस्पतालमा जनशक्ति तथा पूर्वाधार अभाव भएको साथै १० वर्षभन्दा कम र ७० वर्षभन्दा माथिका बिरामीलाई जटिलता आउने सम्भावना हुने भएकाले १५/२० जनालाई मेची प्रादेशिक अस्पताल रेफर गर्ने तयारी भइरहेको चिमरियाले बताए ।

उनका अनुसार बिरामीलाई जटिलता आए अन्यत्र लैजान ३ वटा एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ ।
अस्पतालमा नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी उपस्थित रहेको उनले बताए । मङ्गलबार अर्जुनधारा-९ स्थित रिता निरौलाको घरमा पूजाको प्रसाद खाएका उनीहरुलाई फुड पोइजनको समस्या भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार