Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

सूर्योदय उद्योग बाणिज्य संघको प्रथम अधिवेश शुरु

सूर्योदय उद्योग बाणिज्य संघको प्रथम अधिवेश शुरु

  • सन्देश सम्बाददाता
  • शुक्रबार, चैत्र १६ २०७४


सूर्योदय उद्योग बाणिज्य संघको प्रथम अधिवेश शुरु

इलाम । नेपालको पहाडी क्षेत्रको सबैभन्दा ठुलो सूर्योदय नगरपालिकामा गठन भएको उद्योग बाणिज्य संघको प्रथम अधिवेशन शुरु भएको छ । सूर्योदय उद्योग बाणिज्य संघका अध्यक्ष प्रमोद राईको अध्यक्षतामा भएको प्रथम अधिवेशनको उद्योग बाणिज्य महासंघ प्रदेश नम्बर १ का अध्यक्ष नरेन्द्र खड्काले गरेका थिए । आर्थिक क्षेत्रको विकास र समृद्ध सूर्योदय नगरपालिका भन्न नाराका साथ भएको अधिवेशनमा सूर्योदय नगर क्षेत्रका ६ सय बढी उद्योग, व्यवसायीको सहभागिता रहेको छ ।
बाणिज्य संघको अधिवेशनको नेपाल पत्रकार महासघ इलामका उपाध्यक्ष तथा संचार उद्यमी सुजन तिमसिना, इलाम उद्योग बाणिज्य संघकी पूर्व अध्यक्ष सुशिला सापकोटा, इलाम उद्योग बाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले सुभकामना मन्तव्य राखेका थिए ।
पशुपतिनगर उद्योग बाणिज्य संघ र फिक्कल उद्योग बाणिज्य संघबिच एकिकृत भई गठन भएको बाणिज्य संघको अधिवेशनको स्वागत मन्तव्य ज्ञानिराम श्रेष्ठले गर्नुभएको थियो । उद्घाटन शत्रमा उद्योग बाणिज्य संघ प्रदेश १ का अध्यक्ष नरेन्द्र खड्काले बललिएको राजनीतिक संरचना अनुसार निजी क्षेत्र अघि बढ्ने सिलसिलामा उद्योग बाणिज्य संघहरु दर्ता हुनुले देशको अर्थतन्त्र विकासमा सहयोग पुग्ने बताए ।


संघको बन्दसत्रमा सचिवद्धय लक्ष्मीप्रसाद प्रसाई र दामोदर चापागाईले संस्थाको विधान, संस्थागत गतिविधि र आर्थिक प्रगति प्रतिवेदन पेश गरेका थिए । संस्थाका अध्यक्ष प्रमोद राईले संघको कार्यप्रगति र भावि योजना पेश गरेका थिए ।
अधिवेशनले एक अध्यक्ष, एक बरिष्ठ उपाध्यक्ष, दुई उपाध्यक्ष, महासचिव, एक÷एक सचिव र कोषाध्यक्ष सहित १५ जना निर्वाचिन हुनेछन् भने दुई जना नयाँ कार्यसमितिले मनोनयन गर्नेछ ।
अधिवेशनमा स्थानीय सरकार मानिने सूर्योदय नगरपालिकाका प्रतिनिधि उपस्थित भएनन् । सूर्योदय नगरपालिकाका मेयर रण बहादूर राईलाई विषिष्ठ अतिथिको लागि आमन्त्रण गरेपनि नगरपालिकाबाट प्रतिनिधिको उपस्थित नभएको प्रति व्यवसायीले दुःख व्यक्त गरेका छन् । अधिवेशनको बन्दशत्र शुक्रबार सम्पन्न भएपनि नेतृत्व चयनको काम चैत्र २० गतेसम्म चल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार