Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

इलामका आयुष एएफसी यु–२० नेपाली टिममा अटाए

इलामका आयुष एएफसी यु–२० नेपाली टिममा अटाए

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र २४ २०८१


इलामका आयुष एएफसी यु–२० नेपाली टिममा अटाए

इलाम । एएफसी यू–२० एसियन कप छनोटका लागि इलामका आयुष तिम्सिनाले स्थान बनाएका छन् । मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले घोषणा गरेको २३ सदस्यीय टोलीमा सूर्योदय नगरपालिका–९ का तिम्सिना अटाएका हुन् । यसअघि उनले घरेलु मैदानमा भएको साफ यु–२० राष्ट्रिय टिममा समेत स्थान बनाएका थिए । उपविजेता बनेको नेपाली टोलीबाट उनले डेब्यु गर्ने अवसर पाएनन् ।

यु–१९ साफ च्याम्पियनसिपमा उनले पाकिस्तान विरुद्ध नेपाली टिममा डेब्यु गरेका थिए । उनी गत बर्ष सम्पन्न नेपाल सुपर लिगमा स्पोर्टिङ इलाम डी मेची एफसीमा आवद्ध भएका थिए । प्रतियोगिता सेप्टेम्बर २१ देखि २९ सम्म चाइनिज ताइपेईमा हुनेछ । प्रतियोगिताको समूह ‘बी’ मा नेपाल उज्वेकिस्तान, बहराइन, चाइनिज ताइपेई र कम्बोडिया रहेका छन्।

नेपालले आफ्नो पहिलो खेल सेप्टेम्बर २१ मा कम्बोडियासँग खेल्नेछ भने सेप्टेम्बर २३ मा आयोजक चाइनिज ताइपेईसँग खेल्नेछ। नेपालले तेस्रो खेल सेप्टेम्बर २५ मा उज्वेकिस्तानसँग खेल्नेछ भने समूहको अन्तिम खेलमा बहराइनसँग खेल्ने छ ।
नेपाली टोली
गोलकिपरः अमित टमाटा, जियारथ शेख, कृशल मोक्तान
डिफेन्डरः आयुष तिम्सिना, अश्विन घोरासैनी, विक्रम तामाङ, निर्मल बल, राम थापा, सविन घिमिरे, सिमन्त थापा, दिपक थापा मगर
मिडफिल्डरः अविनाश स्याङ्तान, कुशल देउवा, लछु थापा, सरोज दलार्मी, प्रशान्त लक्सम
फरवार्डः अनिल भोम्जन, धन सिंह विक, धर्बेन्द्र कुँवर, न्यामा वाङ्गेल तामाङ, निरज कार्की, समिर तामाङ, निराजन धामी

प्रतिक्रिया
सम्बन्धित समाचार