Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

अन्तर विद्यालय क्रिकेटको उद्धघाटन खेलमा प्रज्ञा सदन र फिक्कल भिड्ने

अन्तर विद्यालय क्रिकेटको उद्धघाटन खेलमा प्रज्ञा सदन र फिक्कल भिड्ने

  • सन्देश सम्वाददाता
  • आइतबार, भाद्र २३ २०८१


अन्तर विद्यालय क्रिकेटको उद्धघाटन खेलमा प्रज्ञा सदन र फिक्कल भिड्ने

फिक्कल । इलाममा आगामी भदौ २५ गतेबाट अन्तर विद्यालय स्तरिय पुरुष क्रिकेट प्रतियोगिताको उद्धघाटन खेलमा प्रज्ञा सदन इलाम र फिक्कल मावि भिड्ने भएका छन् । जिल्ला क्रिकेट संघ इलामले ठुलो टुडिखेलमा प्रतियोगिता संचालन गर्न लागेको हो । आयोजकले आज ड्र सार्वजनिक गरेको छ । प्रतियोगितामा जिल्लाका २ सरकारी सहित ७ विद्यालयको सहभागिता रहनेछ ।

सहभागिता विद्यालयहरुलाई २ समुहमा विभाजन गरिएको छ । ग्रुप ए मा जुविलेन्ट इलाइट एकाडेमी, समता शिक्षा निकेतन, गोल्डेन फ्युचर बोर्डिङ स्कुल र आदर्श मावि रहेका छन् । समुह बी मा बिबि मेमोरियल सेकेन्डरी स्कुल नेपालटार, प्रज्ञा सदन इलाम र फिक्कल मावि रहेका छन् ।

प्रतियोगिताको बिजेता र उपविजेतालाई मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने जिल्ला क्रिकेट संघका सचिव महेश राईले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा कक्षा १० सम्म अध्ययनरत विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउनेछन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार