इलाम । प्रतिवन्धित लागुऔषध ब्राउन सुगर सहित कोशी प्रदेशमा ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले इलाम, झापा र भोजपुरबाट उनीहरुलाई पक्राउ गरेको हो । इलामको प्रहरी चौकी दानाबारीले माई नगरपालिका–१ का ३५ बर्षीय तिर्थ गिरीलाई १ ग्राम ८२० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
त्यसैगरी लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले चेक जाँचको क्रममा झापाको मेचीनगर नगरपालिका–६ स्थितबाट भारत वेष्टबंगालका २२ बर्षीय मनोज शर्मालाई १ ग्राम, मोरङ बेलबारी नगरपालिका–४ का २८ बर्षीय बिरेन लोवालाई १० ग्राम, दमक नगरपालिका–९ का २४ बर्षीय तिलक मग्रातीलाई १ ग्राम र सप्तरी सुरुङ्गा नगरपालिका–१ का २२ बर्षीय एलन बिष्टलाई ६ ग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।
भोजपुरको प्रहरी चौकी प्याउलीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भोजपुर नगरपालिका–९ का ३१ बर्षीय जसिन राईलाई ३ ग्राम ७६ मिलि ग्राम ब्राउन सुगर सहित र ब्राउन सुगर सहित पक्राउ गरेको छ । उनिहरुको सम्बन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।