इलाम । पूर्वी नेपालका चार जिल्लाका जनप्रतिनिधिलाई महिला बालबालिका र जेष्ठ मन्त्रालयका कार्यक्रमहरुका बारेमा अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
महिला, बालबालिका र जेष्ठ नागरिक लक्षित कार्यक्रम स्थानिय तहबाटै कार्यान्वय हुन थालेपछि जनप्रतिनिधीहरुलाई अभिमुखीकरण कार्यक्रम संचालन सुरु गरिएको हो ।
महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षतामा भएको कार्यक्रममा इलाम, पाँचथर, ताप्लेजुङ्ग र झापाका ४२ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख र महिला तथा बालबालिका शाखा हेर्ने जनप्रनिधि र कर्मचारीको सहभागिता रहेको थियो ।

स्थानिय तहले महिला बालबालिका र जेष्ठ नागरिकको अधिकार र कार्यक्रम संचालन गर्ने भएकाले जनप्रतिनिधिलाई काम गर्न सजिलोका लागि अभिमुखिकरण कार्यक्रम गरिएको महिला तथा बालबालिका जेष्ठ नागरिक विभागका महानिर्देशक
नरेश चापागाईले बताउनुभयो ।
कार्यक्रममा जेष्ठ नागरिक, अपाङगता भएका व्यक्ति, बालबालिका, लैङिगीक हिंसा र बेचविखनमा परेकाहरुको राष्ट्रिय तथा अन्तराष्ट्रिय दायित्व र स्थानिय तहका भुमिकाका बिषयमा केन्द्रिय बालकल्याण समितीका कार्यकारी निर्देशक तारक धिताल, महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयकाका प्रतिनिधीहरुले कार्यपत्र प्रस्तुत गरेका थिए ।

कार्यक्रमको समापनामा बोल्दै महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री थममाया थापाले मन्त्रालयका काम आगामी दिनमा स्थानीय तहबाटै कार्यन्वयन हुने भएकाले जनप्रनिधिलाई सहज र सरल तरिकाले सेवा प्रभावका लागि आग्रह गर्नुभएको थियो ।