माई : इलामको माई नगरपालिकामा शुक्रबारबाट आँखा उपचार सेवा शुरु भएको छ। माई नगरपालिकाको आयोजना र बिर्तामोट आँखा अस्पतालको प्राविधिक सहयोगमा आँखा उपचार सेवा शुभारम्भ गरिएको हो। माई अस्पतालबाट सेवा प्रदान गर्ने गरी सेवा सुरु गरिएको माई नगरपालिका प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्माले बताए ।
आँखा उपचार सेवा हप्ताको एक दिन प्रत्येक शुक्रबार प्रदान गरिने भएको छ। आँखा उपचार सेवा केन्द्र उद्घाटन कार्यक्रममा विशेषज्ञहरूबाट आँखा परीक्षण समेत गरिएको छ। कार्यक्रमको उद्घाटन गर्दै माई नगरपालिका प्रमुख खम्मसिंह लिम्बुले सेवालाई नियमित सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गरे ।
सेवा केन्द्र उद्घाटन कार्यक्रममा उपमेयर हिमा भण्डारी, प्रमुख प्रशासकीय अधिकृत महेन्द्र विश्वकर्मा, बिर्तामोट आँखा अस्पतालका नेत्र रोग विशेषज्ञ तथा डाइरेक्टर डा। राजेन्द्र प्रधान मादी अस्पतालका एवं नेत्र अधिकृत बिनोद दाहाल,माई अस्पतालका प्रमुख डा।गौतम झा, स्वास्थ्य शाखा प्रमुख पुष्कर कट्टेल, दृष्टि विशेषज्ञ लगायतले शुभकामना मन्तव्य र सहभागिता जनाएको नगर प्रमुख लिम्बुका स्वकिय सचिव सोम घिमिरेले जानकारी दिए