फिक्कल । इलामको सूर्योदय नगरपालिकामा समावेशी तीज विशेष कार्यक्रम गरिएको छ । महिला सृजना बहुद्धेश्य सहकारी संस्था र सूर्योदय महिला मञ्चले संयुक्त रुपमा तीज बिशेष कार्यक्रम गरेका हुन् । नगरपालिकाको केन्द्र फिक्कल बजारमा कार्यक्रम आयोजना गरिएको थियो ।
सहकारी संस्थाकी अध्यक्ष कलिका राईको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सांसद खिनु लङ्वा लिम्बुको प्रमुख आतिथ्यता र जिल्ला समन्वय समिति उपप्रमुख चित्रकला बराइलीको विशेष आतिथ्यता रहेको थियो । कार्यक्रमको अवसरमा म्युजिकल चेयर, हन्डी फोर्ने, नृत्य लगायतका कार्यक्रम गरिएको थियो ।
सूर्योदय महिला मञ्चकी उपाध्यक्ष देवि कट्टेलले स्वागत गरेको कार्यक्रम संचालन सचिव साधना फागोले गरेकी थिइन् ।