Local Sandesh शनिबार, असोज ३ २०८३
  • ट्रेण्डिङ :

मंगलबारेमा दोश्रो देउमाई कप फुटबल हुने

मंगलबारेमा दोश्रो देउमाई कप फुटबल हुने

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २० २०८१


मंगलबारेमा दोश्रो देउमाई कप फुटबल हुने

फिक्कल । दोश्रो संस्करणको देउमाई कप फुटबल प्रतियोगिता हुने भएको छ । देउमाई स्पोर्टिङ क्लबको आयोजनामा प्रतियोगिता हुने भएको हो । प्रतियोगितामा इलामका १० वटा पालिकाको सहभागिता रहनेछ । पालिकाको केन्द्र मंगलबारे स्थित छात्राबास खेलमैदानमा प्रतियोगिता गर्ने गरि तयारी अघि बढाइएको क्लबका सल्लाहकार कृष्ण राईले बताए ।

उनका अनुसार प्रतियोगिता आगामी मंसिरमा हुने भएपनि यकिन मिति तय भएको छैन् । क्लबले यसअघि गत बर्ष माघ २० गतेबाट पहिलो संस्करणको प्रतियोगिता संचालन गरेको थियो । पहिलो संस्करणको उपाधि माई नगरपालिकाले चुलाचुलीलाई हराउँदै जितेको थियो । पहिलो संस्करण बिजेताले २ लाख र उपविजेताले १ लाख प्राप्त गरेका थिए ।

यस संस्करणमा पुरस्कारको बारेमा निर्णय भइनसकेको राईले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार