Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाम नगरपालिका–७ ले आदर्श माविका विद्यार्थीलाई बीमामा सहयोग गर्ने

इलाम नगरपालिका–७ ले आदर्श माविका विद्यार्थीलाई बीमामा सहयोग गर्ने

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २० २०८१


इलाम नगरपालिका–७ ले आदर्श माविका विद्यार्थीलाई बीमामा सहयोग गर्ने

इलाम । इलाम नगरपालिका–७ ले आर्दश माविका विद्याथीलाई लक्षित गरि विद्यालय शिक्षा बीमा कार्यक्रममा सहयोग गर्ने भएको छ । ६२ औ रेडक्रस दिवसको अवसरमा आदर्श मावि रेडक्रस सर्कलद्वारा आयोजित हाजिरी जवाफ कार्यक्रममा वडाध्यक्ष नरेश श्रेष्ठले बीमा कार्यक्रमको बारेमा जानकारी गराएका छन् ।

पहिलो चरणमा आदर्श माविको आधारभूत तहका विद्यार्थी र माध्यमिक तहका रेडक्रस सर्कलमा आवद्ध जेहेन्दार तथा विपन्न विद्यार्थी साथै छात्रावासका विद्यार्थीहरुलाई लक्षित गरिने भएको छ । विद्यालय शिक्षा बीमा कार्यक्रममा आवद्ध हुने विद्यार्थीहरुलाई ७ नं. वडा कार्यालयले वडाको शिक्षा, स्वास्थ्य लगायत लक्षित वर्ग विकास शीर्षकको बजेटबाट वार्षिक प्रिमियमको ५० प्रतिशत रकम व्यहोर्ने र बांकी ५० प्रतिशत रकम विद्यालयमार्फत विद्यार्थीका अभिभावक स्वयमले व्यहोर्नु पर्ने गरी प्रस्ताव गरिने भएको हो ।

कार्यक्रम वडा नं. ७ को आदर्श आधारभूत विद्यालयका विद्यार्थीलाई समेत लक्षित गरी आगामी दिनमा विद्यार्थीको हित तथा शैक्षिक उन्नयनका लागि यस्ता अन्य सुविधाहरु बढाउँदै लगिने वडाध्यक्ष श्रेष्ठले बताए । यस विद्यालय शिक्षा बीमा कार्यक्रमअन्तर्गत बिमित विद्यार्थीको १६ देखि ६४ वर्ष उमेर समूह भित्रको अभिभावकलाई दूर्घटना मृत्यु वा अंगभंग वा स्थायी पूर्ण अपाङ्गता भएको अवस्थामा रु २ लाख र स्वाभाविक मृत्यु भएको अवस्थामा रु ५० हजार जोखिम बहन हुनेछ ।

३ वर्षदेखि १९ वर्ष उमेर समूहको बिमित विद्यार्थीलाई दूर्घंटना उपचार खर्च सोधभर्ना रु ७५ हजारसम्म र मृत्यु भएको अवस्थामा १० हजार रकमको जोखिम बहन हुने जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार