Local Sandesh आइतबार, असोज ४ २०८३
  • ट्रेण्डिङ :

अनेम संघ क्रान्तिकारी इलाम नगरमा मंगली

अनेम संघ क्रान्तिकारी इलाम नगरमा मंगली

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २० २०८१


अनेम संघ क्रान्तिकारी इलाम नगरमा मंगली

इलाम । मंगली बिकको अध्यक्षताम अखिल नेपाल महिला संघ (क्रान्तिकारी) इलाम समिति गठन भएको छ । बिकको अध्यक्षतामा १५ सदस्यीय नगर समिति गठन भएको हो । समितिको उपाध्यक्षमा सरिमाया धमला, सचिव कृष्णकुमारी लिम्बू, सहसचिव सरिता राई र कोषाध्यक्षमा सुस्मिता राई रहेका छन् ।

सदस्यहरुमा नेत्रकुमारी कटेल, शान्ति राई, ईन्दिरा फागो, दमन्ता सापकोटा, कुशमाया राई, गितामाया लिम्बू रहेका छन् । त्यसैगरी अन्य सदस्यहरुमा ज्योति राई, इन्दु बराइली, फुलमति राई र सम्झना रोक्का रहेका छन् । कार्यक्रममा माओवादी केन्द्र प्रदेश सचिवालय सदस्य उर्मिला तामाङ, प्रदेश कमिटि सदस्य प्रभाष शर्मा, जिल्ला सहइन्चार्ज सोममाया राई, प्रेस सेन्टर इलामका अध्यक्ष बुद्धमाया सोङ्मी लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार