Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

इलाममा समावेशि पत्रकारिता अवसर र चुनौती बिषयक अन्तरक्रिया

इलाममा समावेशि पत्रकारिता अवसर र चुनौती बिषयक अन्तरक्रिया

  • सन्देश सम्वाददाता
  • बिहिबार, भाद्र २० २०८१


इलाममा समावेशि पत्रकारिता अवसर र चुनौती बिषयक अन्तरक्रिया

इलाम । नेपालको पत्रकारिता क्षेत्रमा समावेशिता कार्यान्वयनको अवस्था फितलो देखिएको इलाममा आयोजित एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । प्रेस चौतारी इलामको आयोजनामा समावेशी पत्रकारिता अवसर र चुनौती बिषयक कार्यक्रमका वक्ताहरुले समावेशी पत्रकारितामा अवसर भएपनि पछिल्लो समय आर्कषणको कमी देखिएको बताए ।

संविधानले हरेक क्षेत्रमा समावेशिताको सुनिश्चितता गरेपनि मिडिया क्षेत्रमा स्वस्फूर्त रुपमा आउने संख्याहरु कमी भएकाले समावेशिता कार्यान्वयन हुन नसकिरहेकोमा जोड दिइएको छ । पत्रकारिता क्षेत्रमा बौद्धिक पेशा भएकाले बिषयगत ज्ञान सिप र व्यवसायिक इच्छाशक्ति भए मात्र स्थायित्व दिन सक्ने औल्याइएको छ । लिङ्ग र वर्गसंगै भौगोलिक रुपमा समेत पत्रकारिता क्षेत्रमा समावेशिता कार्यान्वयनमा चुनौती देखिएको हो ।

कार्यक्रममा प्रेस चौतारीका पुर्व केन्द्रीय उपाध्यक्ष डा देवी क्षेत्रीले अवधारणपत्र प्रस्तुत गर्दै समावेशी पत्रकारिता क्षेत्रमा सम्भावना थोरै र चुनौती धेरै रहेको औल्याए । उनले इलामको हकमा सिमान्तकृत लाप्चा र थामी समुदाय पत्रकारिता क्षेत्रमा नरहेको बताए । पत्रकारिता क्षेत्रमा रुची भएर आएका अल्पसंख्यक समुदायले पेशालाई स्थायित्व दिन नसकेको उनले जोड दिए ।

उनले बिषयगत ज्ञानसिपको अभाव, असुरक्षा, अर्थ अभाव र पेशागत मर्यादाबाट बिचलनको त्रासले समेत समावेशि पत्रकारिता अघि बढ्न नसकेको औल्याए । उनले इलामको तथ्यांक प्रस्तुत गर्दै समावेशिताको अवस्था कमजोर देखिएको बताए । आदिवासी जनजाति समुदायको उपस्थिती सन्तोषजनक देखिएपनि महिला सहभागिता कमजोर देखिएको बताए ।

कार्यक्रममा डा क्षेत्रीको अवधारणपत्रमा प्राध्यापक एलबी लुङ्गेली, टिका खतिवडा, नमिन ढकाल, याम माबोहाङ, अतित योङहाङ, प्रकाश परियार, देवेन्द्र विश्वकर्मा, भक्त थामी, मनकुमार बराइली लगायतले टिप्पणी गरे । प्रेस चौतारी इलामका अध्यक्ष भिम चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय लेखा विभाग संयोजक सटेन्द्र जवेगु, नेपाल पत्रकार महासंघ इलाम अध्यक्ष विप्लव भट्टराई, प्रेस चौतारी केन्द्रीय सदस्य ख्याम भुजेल, कोकिला ढकाल, नेकपा एमालेका प्रकाश अधिकारी, प्रेस युनियनकी उपाध्यक्ष सुनिता मगर, संचारिका समुह इलामकी अध्यक्ष सिर्जना श्रेष्ठ लगायतले मन्तव्य राखेका थिए । प्रेस चौतारी उपाध्यक्ष योगेन्द्र शंकरले स्वागत र औचित्यमाथि प्रकाश पारेको कार्यक्रम सचिव मनोज अधिकारीले संचालन गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार