Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

इलामका महिलाहरूलाई उद्यमशीलता तालिम

इलामका महिलाहरूलाई उद्यमशीलता तालिम

  • सन्देश सम्वाददाता
  • सोमबार, भाद्र १७ २०८१


इलामका महिलाहरूलाई उद्यमशीलता तालिम

इलाम : इलाम नगरपालिका-९ भन्ज्याङमा रहेको सामाजिक सुरक्षा जालोका सदस्यहरूलाई उद्यमशीलता सम्बन्धी दुई दिने अभिमुखीकरण सोमबार सम्पन्न भएको छ । भन्ज्याङ महिला समूहको आयोजना तथा टेवा नामक संस्थाको सहयोगमा भएको अभिमुखीकरणमा जालोका २४ जनाको सहभागिता रहेको छ । अभिमुखीकरणलाई इलाम नगरपालिकाकी कर्मचारी जीविका राईले सहजीकरण गरेको सामाजिक सुरक्षा जालोकी अध्यक्ष मिना पराजुलीले जानकारी दिइन् ।

अभिमुखीकरणमा कसरी उद्यमशील बन्ने र कमाएको पैसा कसरी बचत गर्नेबारे प्रशिक्षण गराइएको थियो । उद्यमशील बन्न उत्प्रेरणा जगाउने उद्देश्यले टेवा नेपालले महिलाहरूलाई सहयोग गर्दै आएको छ । कार्यक्रममा टेवा नेपालकी टिम लिडर रुपा उदास र कार्यक्रम अधिकृत सरस्वती श्रेष्ठको समेत उपस्थिति रहेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार