Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

माई नगरपालिकाका कर्ण सहित लागुऔषधका ३ जना पक्राउ

माई नगरपालिकाका कर्ण सहित लागुऔषधका ३ जना पक्राउ

  • सन्देश सम्वाददाता
  • शुक्रबार, भाद्र १४ २०८१


माई नगरपालिकाका कर्ण सहित लागुऔषधका ३ जना पक्राउ

फिक्कल । इलाम र सुनसरीबाट लागुऔषध सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । इलामको माई नगरपालिका-१ सधुवाका कर्ण बहादुर खड्कालाई ६ सय ग्राम गाँजा सहित प्रहरी चौकी दानाबारीबाट खटिएको प्रहरी टोलीले उनकै घरबाट पक्राउ गरेको हो । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

त्यसैगरी सुनसरीको धरान उपमहानगरपालिका-६ स्थितमा प्रहरी चौकी पानमारीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को २९ प ८२१६ नम्बरको स्कुटरमा सवार रहेका मोरङ केरावारी-६ का २३ बर्षीय दुर्गा बहादुर लिम्बु र २४ बर्षीय जेनेफ लिम्बुलाई नियन्त्रीत औषधी ट्रामाडोल २ सय क्याप्सुल र डिकोलिक २ सय ट्याब्लेट सहित नियन्त्रणमा लिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार