Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

खिनु लङ्वा लिम्बु नेकपा एसको पोलिटव्यूरोमा निर्वाचित

खिनु लङ्वा लिम्बु नेकपा एसको पोलिटव्यूरोमा निर्वाचित

  • सन्देश सम्बाददाता
  • बिहिबार, भाद्र १३ २०८१


खिनु लङ्वा लिम्बु नेकपा एसको पोलिटव्यूरोमा निर्वाचित

इलाम । नेकपा एकिकृत समाजवादीको पोलिटव्यूरो सदस्यमा खिनु लङ्वा लिम्बु निर्वाचित भएकी छन् । प्रदेशसभा इलाम क्षेत्र नं १ को १ बाट प्रदेशसभामा निर्वाचित लङ्वाले १ सय ७ मत प्राप्त गरि पोलिटव्यूरो सदस्यमा निर्वाचित भएकी हुन् । २०२७ सालमा बाबु बिर्खबहादुर लिम्बु र आमा फिकिरानी लिम्बुको कोखबाट जन्मिएकी उनले अनेरास्ववियुबाट विद्यार्थी राजनिती सुरु गरेकी हुन ।
महिला अधिकारको क्षेत्रमा काम गर्दै आएकी उनी २०४७ सालबाट नेकपा एमालेको सदस्यता प्राप्त गरेपछि सक्रिय राजनितिमा आएक थिइन् । एमाले अध्यक्ष केपि ओलीले संसद विगठन गरेपछि राजनीतिक अन्तरविरोध भएपछि माधव नेपाल नेतृत्वमा नेकपा एकिकृत समाजवादी गठन भएपछि उनले नेपाललाई साथ दिएकी थिइन् ।
२०४७ देखी २०५१ सालसम्म अखिल नेपाल महिला संघको जिल्ला अध्यक्ष भएकी थिइन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार