इलाम । विद्युत प्रभाहमा अवरुद्ध बढेपछि इलाममा खुल्ला तारबाट विद्युत प्रशारण अन्त्य गर्न कबर भएको तार प्रयोग हुन थालेको छ । खुल्ला तारबाट विद्युत विस्तार हुँदा हावाहुरीका कारण बाँस र रुखहरुमा ट्रिपिङ्ग बढेर विद्युत अवरुद्ध हुने क्रम बढेपछि प्राधिकरणले कबर सहितको तार प्रयोग गर्न थालेको हो ।
इलाममा विद्युत विस्तार लाङ्गो तारबाट हुँदै आएको थियो । विद्युत प्रशारण र विरतण नाङ्गो तारबाट हुँदा नियमित विद्युत प्रशारणमा समस्या थियो । पहाडी क्षेत्र, वनजंगल र लामो विद्युत प्रशारण लाइनका कारण नियमित विद्युत प्रभावमा समस्या थियो ।
खुल्ला तारबाट विद्युत प्रशारण, वितरण हुँदा हावाहुरीका कारण बाँस र रुखहरुबाट ट्रिपिङ्ग बढेपछि प्राधिकरणले कबर भएको तार प्रयोग गर्न थालेको हो । प्रशारण र विरतण लाइनको फिडर लामो भएकाले वर्षात र हावाहुरीमा विद्युत ट्रिपिङ्गको समस्या रोक्न प्राधिकरणले कबर भएको तार प्रयोग गरेको छ ।
प्राधिरकणले विद्युत विस्तार, बिरतण र मर्मतमा पनि कबर कन्डक्टर तार गर्नेछ । नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रले सहरी क्षेत्र र वनजंगल भित्रको प्रशारण र वितरण लाइनमा खुल्ला तार हटाइ कबर कन्डक्टर लगाउँदै आएको केन्द्र प्रमुख विजुलीप्रसाद यादवले बताए ।
विद्युत प्रशारण लाइन बिस्तार र मर्मतमा कबर कन्डक्टर तारको प्रयोग भएपछि विद्युत अवरुद्ध कम हुने गरेको छ । विद्युत प्राधिकरणले इलाम सदरमुकाम क्षेत्रमा २६ किलोमिटर लाङ्गो तार हटाएर कबर भएको लगाइएको छ । जसका लागि १ करोड २९ लाख बढी प्राधिकरणको खर्च छ । प्राधिकरणले सन्दकपुर विद्युत प्रशारण हुने फिडरको १५ किलोमिटर र लक्ष्मीपुर फिडरको ३० किलोमिटर लाइनमा कबर कन्डक्टर तार लागएको हो । खुल्ला तार हटाएर कबर भएको प्रयोग भएपछि सहरी क्षेत्रमा सुन्दरता थपिएको इलाम बजारका सन्तोश भक्तराजले बताए ।
कबर कन्डक्टर तार प्रयोगपछि विद्युतिय दुर्घटना कम हुने, विद्युत चुवाहट नियन्त्रण हुने र नियमित विद्युत प्रभावमा सहयोग पुग्नेछ ।