Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

दुग्ध विकास संस्थानको गुणात्मक परिवर्तन आवश्यक :अर्थमन्त्री आङ्बो

दुग्ध विकास संस्थानको गुणात्मक परिवर्तन आवश्यक :अर्थमन्त्री आङ्बो

  • सन्देश सम्बाददाता
  • मंगलबार, चैत्र १३ २०७४


दुग्ध विकास संस्थानको गुणात्मक परिवर्तन आवश्यक :अर्थमन्त्री आङ्बो

विराटनगर । प्रदेश नम्बर १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो राजनैतिक परिवर्तनसँगै सरकारी स्वामित्वमा रहेको दुग्ध विकास संस्थानको गुणात्मक परिवर्तन आउनुपर्ने बताएका छन् । वहाँले कतिपय सरकारी संस्थानहरु सेतो हात्ती साबित भएपनि दुग्ध विकास संस्थानले जनताको जीवनस्तर परिवर्तन गर्ने गरि काम गर्नुपर्ने बताएका हुन् ।

बिराटनगर दुग्ध बितरण आयोजनाको निरिक्षण र अन्तरक्रिया कार्यक्रम बोल्दै आङ्बोले राजनैतिक अस्थिरताले संस्थानहरुको दुरअवस्था भएपनि अहिले बनेको बामपंन्थी सरकारले सुधार गर्ने बताए । नेपालको व्यापार घाटा भइरहेकाले सरकारले अब दूध फलफूल र मासुमा आत्मानिर्भर बनाउने गरि योजना निर्माणका लागि अघि बढेको उनले बताए ।

पानी भन्दा सस्तोमा दूध बेच्ने बाध्यतामा किसानहरु रहेकाले दूधको संकलनलाई ब्यवस्थित गरि ग्रामीण क्षेत्रमै औद्यागिकरण गरिनुपर्ने उनले बताए । विराटनस्थित दुग्ध विकास संस्थानलाई प्रदेश सरकारले गर्नुपर्ने सहयोगमा आफुहरु पर्यो तत्पर रहेकाले स्पष्ट खाका सहित योजना पेश गर्न संस्थानका कर्मचारीलाई मन्त्री आङ्बोले आग्रह गरेका थिए ।

मंगलबार भएको कार्यक्रममा कृषिमा आत्मानिर्भर बनाउन कुनै कसर बाँकी नराख्ने भएपनि कर्मचारीलाई तलब खुवाउन सरकारले लगानी नगर्ने उनले बताए । संस्थानमा प्रदेश सरकार शेयर हाल्न तयार भएकाले आगामी दिनमा संस्थानले यसलाई नाफामा लैजाने प्रतिबद्धता जनाउनुपर्ने बताए ।

दुग्ध बिकास संस्थानका निमित्ति आयोजना प्रमुख रुद्र बहादुर कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा दुग्ध विकास संस्थानका अध्यक्ष रघुनाथ गौतमले जनताका अति आवश्यक बस्तुको सेवा सहज होस भनेर सरकारले लगानि गरि संस्थानहरुको निर्माण भएपनि सिमीत संस्थानले मात्र सेवा दिएर खर्च धानेको बताए ।

उद्योग संग सम्बन्धित संस्थानहरु धरासायी भएपनि बजारमा दुधको माग अत्याधिक रहेको भएपनि पुर्याउन नसकिएको अध्यक्ष गौतमले बताए । दुग्ध विकास संस्थान घाटामा रहेको उनले बताए । दुधमा देशले १० अर्बको ब्यपार घाटमा गरिरहेकाले अब ग्रामीण क्षेत्रको पनि दूध संकलन गरिनेभएकाले किसानले मिल्क होलिडे गर्नु नगर्ने उनले बताए ।

ट्रेड युनियनले आफ्नो सिमा भित्र रहेर ठिक ढङ्गले काम गर्न सकिएन भने हाम्रा किसानहरुको पनि उखु किसानको जस्तै समस्या सिजर्ना हुने अध्यक्ष गौतमले बताए ।
कार्यक्रममा दुग्ध विकास संस्थान विराटनगर दुग्ध वितरण आयोजनाका प्राविधिक अधिकृत दामोदर ढकालले दुग्ध विकास संस्थान संस्थान घाटामा भएपनि व्यपार बढ्दै गएकाले किसानलाई प्रोत्साहान गरि दूध पकेट क्षेत्र बनाएर दुध संकलन बढाउनुपर्ने बताए ।

संस्थानको पूर्वाधार विकासका लागि १० करोड रुपैयाँ आवश्यक पर्ने भएकाले प्रदेश र केन्द्र सरकारले व्यवसाय विस्तारका लागि सहयोग गर्नुपर्ने उनले बताए । कार्यक्रममा दुग्ध वितरण आयोजनाका आधिकारीक ट्रेड युनियनका अध्यक्ष ज्ञान राज राई र प्रदेश सासंद कुशुम श्रेष्ठले पशुपालनको विकाससँगै दुग्ध विकास संस्थानको व्यवसाय विस्तार गर्नुपर्ने बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार