Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

सुनकोशी अपडेट : हाइलेक्स गाडी खस्दा भक्तपुरका तीनजना बेपत्ता भएको पुष्टि

सुनकोशी अपडेट : हाइलेक्स गाडी खस्दा भक्तपुरका तीनजना बेपत्ता भएको पुष्टि

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र ८ २०८१


सुनकोशी अपडेट : हाइलेक्स गाडी खस्दा भक्तपुरका तीनजना बेपत्ता भएको पुष्टि

काठमाडौँ : मध्यपहाडी लोकमार्गमा गुडिरहेको गाडी सुनकोशी नदीमा खस्दा ३ जना बेपत्ता भएको पुष्टि भएको छ । आज साँझ खोटाङबाट भक्तपुर आइरहेको हाइलेक्स सिन्धुलीको गोलन्जोर गाउँपालिका–१ कुडुलेमा अनियन्त्रित भएर नदीमा खस्दा तीनजना बेपत्ता भएका प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलिका प्रमुख प्रहरी उपरीक्षक गोविन्दराज काफ्लेका अनुसार सवारी नम्बर नखुलेको हाइलेक्स गाडी चालक सूर्यविनायक नगरपालिकाका ३२ वर्षीय अबिन बिके, ३० वर्षीय प्रनित स्यागु र ३७ वर्षीय बलराम घटुवा बेपत्ता भएका हुन्। गाडीमा चारजना सवार थिए। अर्का सोही ठाउँ बस्ने घाइते २७ वर्षीय सुशान्त कक्षपतिको स्थानीय शुभजीवन अस्पताल खुर्कोटमा उपचार भइरहेको छ।

नदीमा खसेर बेपत्ता भएको गाडीसहित सवार यात्रीको खोजीकार्यका लागि घटनास्थलमा हाल ४० जना प्रहरीको टोली खटिएको प्रहरी उपरीक्षक काफ्लेले जानकारी दिए।

प्रतिक्रिया
सम्बन्धित समाचार