Local Sandesh मंगलबार, कार्तिक १८ २०८३
  • ट्रेण्डिङ :

माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप वैशाख पहिलो साताबाट

माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप वैशाख पहिलो साताबाट

  • नमीन ढकाल
  • सोमबार, चैत्र १२ २०७४


माइभ्याली अन्तराष्ट्रिय आमन्त्रण गोल्डकप वैशाख पहिलो साताबाट

इलाम । पुर्वी नेपालको प्रतिष्ठित अन्तराष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको चौथो संस्करण बैशाख ६ गतेबाट हुने भएको छ । आयोजक माइभ्याली फुटबल क्लब र जिल्ला फुटबल संघले सोमबार पत्रकार सम्मेलन गरी प्रतियोगिता बारे जानकारी दिएको हो । २०७१ सालबाट आयोजना गरिएको फुटबल प्रतियोगिता पुर्वी पहाडी जिल्लाको सर्वाधिक चर्चित प्रतियोगिता हो ।

भारतको २ र बंगलादेशको १ सहित १२ टिमको सहभागीता रहने

गोल्डकपमा भारतको २, बंगलादेशको १, नेपालका ए डिभिजनका ७ वटा टिम सहित १२ टिमको सहभागीता रहनेछ । यस संस्करणबाट प्रतियोगिताको पुरस्कार राशी समेत बढाइएको छ । अघिल्लो संस्करणको विजेताले नगद ४ लाख र उपविजेताले नगद २ लाख ५० हजार प्राप्त गरेकोमा यस संस्कणको बिजेताले नगद ६ लाख ६६ हजार ६ सय ६७ रुपैया र उपबिजेता ४ लाख सहित मेडल, ट्रफी र प्रमाणपत्र पाउनेछन् ।

चौथो संस्करणको सर्वोत्कृष्ट खेलाडीले यामाहाको मोटरसाइकल प्राप्त गर्नेछ । त्यसै गरी सर्वाधिक गोलकर्ताको परस्कार राशी समेत बढाइएको छ । गत संस्करणमा सर्वाधिक गोलकर्तालाई नगद २५ हजार प्रदान गरिएको थियो ।

म्याच अफ दि म्याच सहित अन्य विधाका खेलाडीले १० हजार प्राप्त गर्ने छन । आयोजकका अनुसार प्रतियोगितामा बंगलादेशको एएचएम कामारुजमान, भारतको दुर्गा स्टिल कलकत्ता, सिक्किम युनाइटेड तथा नेपालका ए डिभिजनका सिएमजी संकटा , रमपम झापा ११, लक्ष्मी हुन्डाइ मनाङ मस्याङदी, रुस्लान थ्रिस्टार, कास्की एघार, तीन विभागीय टिम त्रिभुवन आमी ,सशस्त्र प्रहरी, नेपाल प्रहरी र आयोजक माइभ्याली फुटबल क्लब सहभागी हुनेछन् ।

प्रतियोगिता सम्पन्न गर्न आयोजकले ६५ लाख रुपैयाँ खर्च हुने अनुमान गरेको छ । माइभ्याली फटबलका अध्यक्ष धिरेन चेम्जोङले दर्शक, स्थानीय उद्यमी व्यवसायी, फुटबल फ्यान र प्रतियोगिताको स्पेशल दाताले गरेको आर्थिक सहयोग नै फुटवल खेल सम्पन्न गर्नमा सहयोग हुनेमा विश्वस्त रहेको बताए ।

प्रतियोगिताको प्रथम पुरस्कार इलाम नगरपालिकाले गर्ने सैद्धान्तिक सहमती भएको छ । माइभ्याली गोल्डकपको मुख्य प्रायोजकको रुपमा गोर्खा ब्रुअरी, रमपम चाउचाउ, रुस्लान र यामाहा रहेका छन ।

अघिल्लो संस्करण चैत्रमा गरिए पनि एन्फा निर्वाचन र २०७५ बैशाखमा इलाम सदरमुकामको २०० बर्ष पुराको अवसरलाई लक्षित गरेर बैशाख ६ गते प्रतियोगिता आयोजना गरिएको चेम्जोङले बताए । प्रतियोगिता सम्पन्न गर्न विभिन्न उपसमितीहरु गठन गरिएको छ । प्रतियोगिताको फाइनल खेल बैशाख १७ गते गरिने छ ।
नोट ः प्रथम हुनेले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्ने भएपनि माथी उल्लेखित पुरस्कार राशी कर सहितको भएकाले कुन उपयुक्त हुने सोही हाल्नु होला है ।

प्रतिक्रिया
सम्बन्धित समाचार