Local Sandesh शनिबार, कार्तिक २२ २०८३
  • ट्रेण्डिङ :

मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व

मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व

  • सन्देश सम्वाददाता
  • मंगलबार, भाद्र ४ २०८१


मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व

इलाम । इलामको माई नगरपालिका–९ मालबाँसेमा पहिरो जाँदा बिर्तामोड–इलाम सडक अवरुद्व भएको छ । पहिरोका कारण त्यहाँका तीनवटा घर जोखिममा परेका छन् । मालबाँसेका सुरज लिम्बू, सन्दिप लिम्बू र पदम योङहाङको परिवार पहिरोको जोखिममा परेको हो । उनीहरु आफन्तको घरमा आश्रय लिएर बसिरहेको प्रहरीले जनाएको छ ।

घटनामा कुनै मानवीय तथा चौपायाको क्षति भने भएको छैन । अहिले पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी भइरहेको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार