इलाम । जडिबुटीको व्यवसायीक रुपमा खेती हुने इलामको सन्दकपुरमा जडिबुटी प्रशोधनका लागि सेमिअटोमेटिक कम्प्रेसर मेशिन जडान भएको छ । सन्दकपुर गाउँपालिका ३ मा जडिबुटी संकलन केन्द्रमा सेमिअटोमेटिक कम्प्रेसर मेशिन एक कार्यक्रमका बिच जडान भएको छ ।
सन्दकपुर गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ, उपाध्यक्ष हरि बहादुर लुङ्गेली, डिभिजन वन कार्यालयका प्रमुख दान बहादूर श्रेष्ठ, वडाअध्यक्ष लिल बहादूर बुर्जा, जडिबुटी संस्थाका अध्यक्ष दिनेश सुवेदी सचिव युवराज पौडेल लगायतको उपस्थितिमा जडिबुटी प्रशोधनका लागि सेमिअटोमेटिक कम्प्रेसर मेशिन जडान भएको हो ।

जडिबुटीको प्रशोधन मेसिनको व्यवस्थापनको जिम्मा उच्च पहाडी संस्था नेपाल लिएको छ । सन्दकपुर गाउँपालिकाको रोहवरमा मेशिन हस्तातरण गर्ने कार्य सम्पन्न भएको डिभिजन वन कार्यालय इलामका प्रमुख दान बहादूर श्रेष्ठले बताए । मेसिन स्थापना भएपछि जडिबुटी व्यवसायीहरू लाभान्वित हुने गाउँपालिका अध्यक्ष तुलाराम गुरुङ्गले बताए ।








