इलाम– इलामस्थित अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) को १४औं जिल्ला सम्मेलनबाट रोशन राईको नेतृत्वमा ४५ सदस्यीय जिल्ला कमिटी निर्वाचित भएको छ । निर्वाचित कमिटीको उपाध्यक्षमा समीर राई, राजेन्द्र लोहार र रेविका राई छन् । सचिवमा शिखर पौडेल, सहसचिवमा शम्भु राई, पुष्कर बोहोरा, निसान देवान र सुशील साउदेन निर्वाचित भए । कोषाध्यक्षमा रेविका तोलाङ्गी चयन भएकी छिन् ।
सदस्यहरूमा सुदीप श्रेष्ठ, रोशन लिम्बू, निशा पौडेल, अनुज भट्टराई, विपना कोयु, रोमन पन्धाक, युना योङहाङ, रेबिका तोलाङ्गी, नोगेन लिम्बू, नवराज बोहोरा, प्राप्ति लिम्बू, दीपक बोहोरा, सुवास पौडेल, सलिन राई, विवश खनाल, प्रज्ञा घिमिरे, हेमकला सापकोटा, सविना दर्जी, नित्या दर्जी, प्रतीक आचार्य, सन्दीपा लिम्बू, दबरा गुरुङ, दिप्सन राई, अप्सरा लिम्बू, मेरिना राई, अर्जुन कार्की, राज भट्टराई छन् ।
यसैगरी सदस्यमा सङ्गीना योङ्गहाङ्ग, युवराज प्रधान, निहा राई, ज्ञानेन्द्र चापागाईं, अनिश खड्का, जेनिका राई, प्रदीप आचार्य, एडसन लामगादे, भरत नेपाल, तुकेसा नेम्बाङ, रिया राई, राजन खतिवडा समीर अधिकारी र चासुम राई रहेका छन् ।
अखिल क्रान्तिकारी इलामका अध्यक्ष नयन राईको अध्यक्षतामा भएको कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य धिरेन्द्र शर्मा रमणको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा अखिल क्रान्तिकारीका पुर्व केन्द्रीय अध्यक्ष एवम माओवादी केन्द्रका केन्द्रीय सदस्य रञ्जित तामाङको बिशिष्ट आतिथ्यता र माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य सिपि कडरिया र अखिल क्रान्तिकारी उपमहासचिव हेमन्त राईको विशेष आतिथ्यता रहेको थियो ।