इलाम । सुर्योदय नगरपालिकाले सडको क्षेत्राधिकार कायम गर्न सुरु गरेसंगै हर्कटेकी सिता गुरुङलाई बिस्थापन हुने चिन्ता थपिएको छ । नगरपालिकाले क्षेत्राधिकार बढाउने काम सुरु गरेपछि उनी बिस्थापनको जोखिममा छिन । उनी भन्छिन ‘अधिकाँश भाग राजमार्ग क्षेत्राधिकारभित्र परे छ जायजेथाको नाममा यहि एउटा घर छ । श्रीमान पनि हुनुहुन्न साना साना नानी लिएर कहाँ जाउँ ’
गुरुङ मात्र होइन राजमार्ग आसपासका अधिकाँश बासिन्दाहरु बिस्थापनको खतरामा छन । नगरपालिकाले शुक्रबारबाट नगरपालिका क्षेत्रभित्र पर्ने राजमार्गको क्षेत्र दुवै तर्फ साढे सात मिटर कायम गर्न सुरु गरेको छ । यसअघि १५ मिटर कायम गर्ने भनिएपनि स्थानियले संर्घष समिती बनाएर बिरोध गरेपछि साढे सात मिटर कायममा सहमती भएको थियो ।
संर्घष समितीसंगको सहमतीपछि अहिले कन्याम चियाबगान र हर्कटे क्षेत्रबाट स्काभेटर प्रयोग गरेर अतिक्रमण क्षेत्र हटाउन नगरपालिकाका मेयर रणबहादुर राई आफै खटिएका छन । आफुहरु विकास बिरोध नभएकाले साढे सात मिटर कायम गर्नमा सहमती गरिएको संर्घष समितीका संयोजक शिबकुमार राईले बताए ।
विकास विरोध नभएपनि २०१५ सालमै घर बनिएकोले क्षतिपुर्तिका साथै १÷ २ दिनभित्रै बनिसकेको संरचना भत्काउन समस्या हुने भएकाले केही समय नगरपालिकाले दिनुपर्ने स्थानिय नारायण पौडेलले बताए ।
नगरपालिकाले गत पौषमा दुई दिनको सडक नापजाँचपछि पहिलो चरणमा राजमार्ग अतिक्रमण हटाउन १५ दिने सूचना निकालेर कन्याम चिया वगान क्षेत्रबाट सडक विस्तारको काम सुरु गर्ने र दोस्रो चरणमा हर्कटे क्षेत्रमा सडक विस्तार गर्ने निर्णय गरेको थियो । सोही अनुरुप गत माघ १२ गते नगरपालिकाले १५ दिने सुचना जारी गरेको थियो । सुचना जारी गरेपनि स्थानियले संरचना नभत्काएपछि गत फाल्गुन १ गते २१ दिने सुचना जारी गरेको थियो ।
सुचनाको वेवास्ता गरेपछि माइकिङ गरेर २÷३ दिनभित्र सडकमा पर्ने संरचना हटाउन निर्देशन दिइएको मुख्य सडक अतिक्रमण समस्या समाधान समितिका संयोजक शिव बस्नेतले बताए । शनिबारबाट ८ वटा स्काभेटर प्रयोग गरिने बस्नेतले बताए ।