Local Sandesh शुक्रबार, असोज २ २०८३
  • ट्रेण्डिङ :

अनेरास्ववियु इलामद्धारा एसईईका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

अनेरास्ववियु इलामद्धारा एसईईका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

  • सन्देश सम्वाददाता
  • शनिबार, भाद्र १ २०८१


अनेरास्ववियु इलामद्धारा एसईईका उत्कृष्ट विद्यार्थी र विद्यालय सम्मानित

फिक्कल । नेकपा एमाले निकट अखिल नेपाल विद्यार्थी संगठन (अनेरास्ववियु) जिल्ला कमिटि इलामले २०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थी र विद्यालयलाई सम्मान गरेको छ । महेन्द्ररत्न बहुमुखी क्याम्पसमा कार्यक्रम आयोजना गरेर अनेरास्ववियूले पालिकागत आधारमा सामुदायिक र संस्थागत विद्यालयलाई सम्मान गरेको हो । संगठनका अध्यक्ष सचिनजंग रायमाझीको अध्यक्षतामा भएको कार्यक्रममा अनेरास्ववियु केन्द्रीय सचिव मनोज ताम्लि लिम्बुको प्रमुख आतिथ्यता र नेकपा एमाले इलामका अध्यक्ष गणेश बरालको विशेष आतिथ्यता रहेको थियो ।

सम्मानित हुने विद्यालयहरुमा इलाम नगरपालिकाको सामुदायिक तर्फ नेपालटार माध्यमिक विधालय र संस्थागत तर्फ माउन्ट मेची बोर्डिङ स्कुल रहेका छन् । अमर माध्यमिक विद्यालयलाई प्राविधिक धार तर्फ सम्मानित गरिएको छ । देउमाई नगरपालिकाको सामुदायिक विद्यालय तर्फ भानुभक्त मावि र संस्थागत मर्निङ ग्लोरी बोर्डिङ रहेको छ । माई नगरपालिकामा सामुदायिकका कन्काई मावि र संस्थागतमा न्यु लाइट अंग्रेजी मावि रहेको छ ।

सूर्योदय नगरपालिकामा सामुदायिक तर्फ विरेन्द्र मावि र संस्थागत तर्फ पञ्चकन्या अंग्रेजी बोर्डिङ स्कुल रहेको छ । माईजोगमाई गाउँपालिकामा सामुदायिक तर्फ नाम्सालिङ मावि र संस्थागत शुभकन्या बोर्डिङ स्कुल रहेको छ । चुलाचुली गाउँपालिकामा सामुदायिक तर्फ जनता मावि र संस्थागत चुलाचुली बोर्डिङ रहेको छ । माङसेबुङ गाउँपालिकामा सामुदायिक तर्फ महेन्द्रोदय मावि र संस्थागत फाल्गुनन्द बोर्डिङ रहेको छ ।

सन्दकपुर गाउँपालिकाको माईपोखरी संस्कृत मावि, रोङ गाउँपालिकाको शान्ति निकेतन मावि र फाकफोकथुमको जालपा मावि रहेको छ । त्यसैगरी २०८० सालको एसईईमा उत्कृष्ट अंक ल्याउने १० जना विद्यार्थी समेत सम्मानित भएका छन् । सम्मानितहरुमा ३.९ जिपिए ल्याउने मन्टेश्वरी सेकेन्डरी बोर्डिङकी विन्दी गुरुङ, ३.८६ जिपिए ल्याएका हेरिटेज नेसनल एकाडेमीका सक्षम घोरसाई, ३.८४ जिपिए ल्याएकी मन्टेश्वरी सेकेन्डरी बोर्डिङकी सिकुम थेवे, ३.८२ जिपिए ल्याएका एभरल्यान्ड इन्टनेशनल फिक्कलका प्रयास कट्टेल र ३.७९ जिपिए ल्याएका ग्रीनभ्याली एकाडेमीका अंकित थापा सम्मानित भएका छन् ।

त्यसैगरी ३.७७ जिपिए ल्याएका ग्रीनहिल एकाडेमी साखेजुङका जोन श्रेष्ठ, ३.७७ जिपिए ल्याएका अमर मावि इलामका अर्जुन आचार्य, ३.७६ जिपिए ल्याएका मन्टेश्वरी सेकेन्डरी बोर्डिङका निमेश सापकोटा, ३.७५ जिपिए ल्याएकी मन्टेश्वरीकै योगिना राई र ३.७५ जिपिए ल्याएका ग्रीनभ्याली एकाडेमीका सार्थक गड्तौला सम्मानित भएका हुन् ।

अतिरिक्त गतिविधिमा उत्कृष्ट , विद्यार्थीको चौतर्फी बृद्धि विकासका साथै इलामको शैक्षिक उन्ननयनमा गरेको महत्वपुर्ण योगदानको उच्च मुल्यांकन गर्दै जुविलेन्ट इलाइट एकाडेमी, मन्टेश्वरी सेकेन्डरी बोर्डिङ र ग्रीनभ्याली एकाडेमीलाई सम्मान गरिएको छ । उनीहरुलाई प्रमुख अतिथि, विशेष अतिथि र अतिथिहरुले कदरपत्र सहित सम्मान गरेको अनेरास्ववियुका सचिव सुशान्त चापागाईले जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार